पार्टी बैठक छल्न प्रधानमन्त्री ओली संखुवासभातिर, रातो कार्पेट ओछ्याउन नभ्याउँदै ओर्लिए ओली « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

पार्टी बैठक छल्न प्रधानमन्त्री ओली संखुवासभातिर, रातो कार्पेट ओछ्याउन नभ्याउँदै ओर्लिए ओली



काठमाडौं । पार्टी विभाजनको संकटमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी बैठकको सामना गर्नुपर्ने स्थिति आइपरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै संखुवासभातर्फ हान्निएका छन् ।

अहिले पार्टीभित्र चलिरहेको पेचिलो अन्र्तसंघर्ष उत्कर्षमा पुगिरहेकै बेला हिजो मंगलवार मात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री संखुवासभामा नेपाली सेनाको हेलिकप्टरबाट ल्याण्ड गर्दा स्थानिय आयोजकले रातो कार्पेट ओछ्याउनै भ्याएन । तस्विरमा हेर्नुहोस त प्रधानमन्त्री हेलिकप्टरबाट ओर्लदै गर्दा आयोजकहरु रातो कार्पेट राख्नै भ्याइ नभ्याइ थिए ।

पार्टीभित्रको पछिल्लो विवादको निष्कर्ष र निकासका लागि सचिवालय बैठक बोलाउने सन्दर्भमा छलफल भएकै भोलिपल्ट ओली यसरी हेलिकोप्टर चढेर अन्यत्र उड्नुलाई धेरैजसो विष्लेशकहरुले आफु अनुकुल नहुने सम्भावित परिस्थितिका कारण बैठक टार्न खोजेको अनुमान गरेका छन् । नेकपाभित्रको अन्र्तपार्टी संघर्षसँगै प्रधानमन्त्री ओली सचिवालय समितिमा समेत अल्पमतमा छन् ।

हालको समिकरणमा ९ सदस्यिय सचिवालयमा ओलीसहित उनीतर्फ महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलसहित अल्पमतमा छन् भने दाहाल–नेपाल खेमातर्फ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको बहुमत संख्या छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी) को अवलोकन भ्रमण गर्नु भएको छ । प्रधानमन्त्री ओली हेलिकोप्टरबाट विहान करीब १० बजे सो क्षेत्रमा पुग्नु भएको थियो । अहिल प्रधानमन्त्रीको टोली निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भ्रमणका लागि फ्याक्सिन्दा पुग्नु भएको छ ।

तस्विर : गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस्