आज लक्ष्मी पुजा, कसरी भित्र्याउने घर घरमा लक्ष्मी ? « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

आज लक्ष्मी पुजा, कसरी भित्र्याउने घर घरमा लक्ष्मी ?



काठमाडौं । आज शनिबार लक्ष्मी पुजाको दिन हो । सबै नेपालीले आफ्नो महत्वपुर्ण चाड तिहारलाई हर्सउल्लासका साथ मनाउने गर्छन । यमपञ्चकको तेस्रो दिन शनिबार कात्तिक कृष्ण औँशीको धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरिन्छ ।

लक्ष्मीको वास सफा सुग्गर ठाउँमा हुने हुनाले सबै नेपालीले आफु बसेको सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने जनविश्वास रहेको छ । भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर गरी गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

लक्ष्मी पुजाको दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । ९ रंगको रंग्यौली बनाएर लक्ष्मीको पाइला बनाएर पनि लक्ष्मी आमन्त्रण गरीन्छ ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा–आराधना गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्