नेपाल टेलिकमको नाफा १ अर्ब ३ करोड, प्रति सेयर आम्दानी पनि घट्यो « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

नेपाल टेलिकमको नाफा १ अर्ब ३ करोड, प्रति सेयर आम्दानी पनि घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको नाफा १ अर्ब ३ करोड रुपैयाँ अर्थात ४०.५५ प्रतिशतले घटेको छ । गत बर्ष यस अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने यस बर्ष सोहि अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी पनि ६७.९१ रुपैयाँबाट घटेर ४०.४७ रुपैयाँमा सिमित भएको छ । टेलिकमको नेटवर्थ ६९१.७६ रुपैयाँबाट घटेर ६३१.०४ रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको यस अवधिमा सञ्चालन आम्दानी पनि ४० करोड रुपैयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा १० अर्ब ६० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस बर्ष यस अवधिमा १० अर्ब १० करोड मात्रै गरेको छ । त्यस्तै, कम्पनीको १५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्