नेको इन्स्योरेन्सको नाफा ६५.२१ प्रतिशत बढि, बिमा शुल्क ३०.६३ प्रतिशत बढि कमायो « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

नेको इन्स्योरेन्सको नाफा ६५.२१ प्रतिशत बढि, बिमा शुल्क ३०.६३ प्रतिशत बढि कमायो



काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा ७ करोड ५३ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनामा यस बर्ष कम्पनीले ६५.२१ प्रतिशत बढि नाफा आर्जन गर्न सफल भएको हो ।

त्यस्तै, कम्पनीको यस अवधिमा खुद बीमाशुल्क ४३ करोड २८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्ष यस अवधिमा खुद बिमा शुल्क आर्जन ३३ करोड १३ लाख रुपैयाँ गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष सोहि अवधिमा ३०.६३ प्रतिशत बढि खुद बिमा शुल्क आर्जन गरेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासको अवधिमा २० करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६६ करोड ६६ लाख रुपैयाँ छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ३८.५७ प्रतिशतले बढेर ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत बर्ष बीमा कोषमा ६४ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्