कोरोनाले थलिएको व्यावसायीलाई सरकारको राहात, ५० अर्वको कर्जा कार्यविधी जारी, कुन कुन क्षेत्रले पाउँछन सुविधा ? « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

कोरोनाले थलिएको व्यावसायीलाई सरकारको राहात, ५० अर्वको कर्जा कार्यविधी जारी, कुन कुन क्षेत्रले पाउँछन सुविधा ?



काठमाडौं । कोरोनाले चौपट बनेको व्यावसायलाई उकास्न सरकारले कर्जा उपलव्ध गराउने भएको छ । कोरोनाबाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि सरकारले कर्जा उपलब्ध गराउने तयारी गरेको छ । सरकारले गत बजेटमै व्यावसायिक निरन्तरता कर्जा उपलव्ध गराउने बताएको थियो ।

अर्थ मन्त्रालयले कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेपछि सरकारले फटाफट काम अघि बढाएको हो । गत मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारले साना तथा मझौला व्यवसायको निरन्तरताको लागी कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकमको व्यवस्था गर्न लागेको हो ।

सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी ५० अर्व रुयैयाँ सहुलियतको व्यवस्था गरेको छ । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । यस्तै खातामा मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोभि–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ ।

अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप ९व्यवसाय निरन्तरताको लागि गरी कुल रकम वा अधिकतम दश करोड रुपैयाँसम्म रहेको छ ।

व्यवसायीले कर्जाको लागि पेश गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा लगायत हेरी इजाजतपत्र प्राप्त संस्थाले व्यवसायीलाई कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदनको मूल्याङ्कन गरी कर्जा प्रवाह गरिसक्नु पर्नेछ। कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ ।

सम्बन्धित व्यवसायीको आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने, कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने, कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको व्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्ने व्यवसायीको दायित्व हुनेछ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाहको लागि खाता सञ्चालन गर्ने, इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने, प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रुपमा उपलब्ध गराउने, कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने काम राष्ट्र बैङ्कको काम, कर्तव्य तथा अधिकार हुनेछ ।

त्यसैगरी कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्ना बापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने, शोधभर्ना रकम प्राप्त गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट अवधि समाप्त भएपछि शोधभर्ना रकम ९साँवा तथा व्याज० फिर्ता भुक्तानी लिनेछ । व्यवसायीले यस कार्यविधि बमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैङ्कले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैङ्किङ सुविधाबाट बञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्नेछ ।

कर्जा प्रवाहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा महालेखा नियन्त्रक, राष्ट्र बैंकका डेपुटी गभर्नर, राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष र अर्थ मन्त्रालयका ९वित्तीय क्षेत्र हेर्ने० सहसचिव सदस्य सचिव रहने गरी सञ्चालक समिति हुनेछ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम व्यावसाय निरन्तरताका लागि सहुलियत कर्जा प्रदान गर्न यो कार्यविधि तर्जुमा गरी लागू गरिएको हो ।

यस्तो छ कार्यविधी, कस–कसले पाउँछन सहुलियतपुर्व कर्ता ?

अति, मध्यम तथा न्यून प्रभावित क्षेत्रहरु

अति प्रभावित क्षेत्रः
पर्यटनः
ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
साहसिक पर्यटनस् स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार।
हवाई तथा पर्यटकीय यातायातस
मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस
चलचित्र उत्पादन, वितरण, सिनेमा हलस
स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारीस
मूलभूत रुपमा सडेर गलेर जाने वस्तु ९पेरिसेवल गुड्स० जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणस
कुखुरापालन व्यवसायस
पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसायस
तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसायस
वैदेशिक रोजगार सेवाप्रदायक, शैक्षिक परामर्श सेवाप्रदायक।

मध्यम प्रभावित क्षेत्रः
खप्ने सामान जस्तै (प्लास्टिक, फलामरस्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसायस
निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि(स्कूल, चाइल्ड केयरस
यात्रुवाहक स्थल यातायातस
ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलापस
कानूनी, लेखा, इन्जिनियरिङ्ग लगायतका परामर्श सेवा वा व्यवसायस
अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टरस
हेल्थ सेन्टर वा फिट्नेस सेन्टरस
भण्डारण गर्न सकिने वस्तु ९खाद्यान्न बाहेक० उत्पादन, प्रशोधन तथा बिक्री वितरणस
वन तथा खनिजजन्य उद्योगस
निर्माण व्यवसायस
औषधि उत्पादनस
छपाइ, प्रकाशन तथा सञ्चार गृहस
निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जास
पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय।

न्यून प्रभावित क्षेत्रः
उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजनास
अनलाईन ९इ(कमर्स० मा संलग्न व्यवसायस
खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसायस
दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरणस
आयातजन्य व्यापारस
पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसायस
औषधि बिक्री वितरणस
विज्ञापन सेवास
इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनीस
मदिरा तथा सुर्तीजन्य उद्योग व्यापार, व्यवसायस
ट्रक, ढुवानी व्यवसायस
सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर सम्बन्धी व्यवसाय।


प्रतिक्रिया दिनुहोस्