६ कम्पनीका नक्कली स्यानिटाइजर उत्पादनमाथी प्रतिवन्ध, कुन कुन कम्पनी परे कारवाहीमा ? « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

६ कम्पनीका नक्कली स्यानिटाइजर उत्पादनमाथी प्रतिवन्ध, कुन कुन कम्पनी परे कारवाहीमा ?



काठमाडौं । औषधि व्यवस्था विभागले कक्कली स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीलाई कार्रवाही गरेको छ । कोरोनाको बेलामा प्रयोग हुने ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीका स्यानिटाइजर नक्कली रहेको भन्दै कम्पनीले प्रतिवन्ध लगाएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा शुक्रबार ६ कम्पनीमाथी कार्रवाहीको डण्डा चलाएको हो । बजार अनुगमनका क्रममा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल प्रयोग भएको पाइएपछि प्रतिवन्ध लगाइएको हो । त्यस्ता नक्कली स्यानिटाइजर बजारमा विक्री वितरण भएपछी विभागले प्रतिवन्ध लगाएको हो ।

तोकिएको मापदण्ड विपरितका ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विषाक्त रसाएन मेथानोल भेटिएपछि सरकारले सो कम्पनीलाई विक्री वितरण नगर्न निर्देशन दिएको हो । कार्रवाहीमा पर्ने कम्पनीहरुमा सीता हर्बल सुनसरी, मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङ रहेका छन ।


प्रतिक्रिया दिनुहोस्