एफएनसिसिआईको ५४ औं साधारणसभा सुरु, ढकाल र प्रधान प्यानलै बनाएर चुनावी मैदानमा

काठमाडौं । पुर्वनिर्धारित मितिभन्दा झण्डै ८ महिना पछि निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्यदोग बाणिज्य महासंघको साधारणसभा सुरु भएको छ । २०७६ चैत्र २७ गते हुनुपर्ने महासंघको साधारणसभा कोभिड–१९ संक्रमणका कारण सरेको थियो ।
झण्डै ८ महिनापछि हुन लागेको महासंघमा बरिष्ठ उपाध्यक्षलगायत कार्यसमितिको निर्वाचन हुँदैछ । निर्वाचनमा दुई पक्ष प्यानलनै बनाएर मैदानमा होमिएको छ । बिहीबार प्रधानमन्त्री कार्यालयमा भर्चुअलबाट उद्घाटन भई शनिबार मतदान हुने एफएनसिसिआईको निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसिएट उपाध्यक्ष रहेका चन्द्र ढकालविच बरिष्ठ उपाध्यक्षकोको लागी कडा प्रतिस्प्रर्धामा उत्रिएका छन ।
प्रधानमनत्री केपी शर्मा ओलीले बालुवाटारस्थित सभाहलबाट भर्चुअलको माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महासंघको शुक्रबार बन्दसत्र र शनिबार निर्वाचन हुने कार्यतालिका रहेको एशोसिएट उपाध्यक्षका उम्मेदवार शौरभ ज्योतिले बताए । महासंघको निर्वाचन ३ स्थानमा हुनेछ । महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहलमा निर्वाचन हुनेछ ।
महासंघको यो साधारणसभाबाट हालका बरिष्ठ उपाध्यष्ँ रहेको शेखर गोल्छा स्वत अध्यक्ष बन्न लागेका छन । त्यसपछि बरिष्ठ उपाध्यक्षको लागी निर्वाचन हुनेछ । बरिष्ठ उपाध्यक्ष नै स्वत भावी अध्यक्ष बन्ने महासंघको विधानमा उल्लेख छ ।
दुवै पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन । ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी छन् । त्यस्तै प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन ।
महासंघमा ५० प्रतिसत सदस्यता रहेको जिल्ला नगरमा दुबै पक्षले आफु बलियो रहेको बताएको छ । दुबै पक्ष जिल्ला नगरको भोट तान्ने ध्याउन्नमा रहेका छन । उता बस्तुगतबाट उपाध्यक्षमा पनि कडा प्रतिस्प्रर्धा देखिएको छ ।