सरकारले गर्यो पुर्वसचिव राईलाई अख्तियार प्रमुखमा सिफारिस « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

सरकारले गर्यो पुर्वसचिव राईलाई अख्तियार प्रमुखमा सिफारिस



काठमाडौं । पुर्व गृहसचिव प्रेम राईलाई सरकारले अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको छ । मंगलबार सांझ बसेको संबैधानिक परिषदको बैठकले पुर्व सचिव राइलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले संबैधानी नियुक्तीहरुमा विपक्षी दलका नेता र सभामुखको रोलसमेत नकारात्मक रहेपछि प्रधानमन्त्रीले सभामुख र प्रमुख विपक्षी दलको नेताविनै पनि संबैधानिक परिषदको बैठक बस्न सक्ने व्यवस्था गरेको छ । राष्ट्रपतिबाट अध्यादेश पारित हुनेवित्तिकै संबैधानीक परिषदको बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव राईलाई सिफारिस गर्ने भएको हो ।

राई प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन । यसअघि प्रधानमन्त्रीले राईलाई मुख्यसचिव बनाउन खोजेका थिए । अख्तियारमा प्रमुख आयुक्तसहित दुईजना आयुक्त पद खाली छ ।


प्रतिक्रिया दिनुहोस्