नेशनल लाइफ इन्स्योरेन्सका सीईओ बस्नेतको कार्यकाल सकिदै, ऐन नआउँदा तिन ठुला कम्पनीमा सीईओ रिक्त

काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो जिवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्समा सीईओ खाली हुँदै छ । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ भरत बस्नेतको कार्यकाल यही पुष ६ गते सकिदैछ ।
आगामी सोमबारदेखी बस्नेतको कार्यकाल सकिन लागेको हो । ३३ वर्षदेखी कार्यरत बस्नेतको बीमा ऐन अनुसार तोस्रो कार्यकाल बस्न नपाउने व्यवस्था अनुसार रिटायड हुन लागेका हुन । बस्नेतले पछिल्लो ३ कार्यकाल सीईओ भएर नेशनल लाइफलाई उचाइमा पुर्याएका छन ।
राष्ट्रिय बीमा संस्थानमा केही समय काम गरेका बस्नेत तत्कालिन नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स खुल्नुअघिनै बस्नेतले काम गरेका हुन । बस्नेत नेशनल लाइफ इन्स्योरेन्सका प्रमोटरसमेत हुन । आगामी सोमबारदेखी नेशनल लाइफको सिईओ खाली हुन लागेको हो । सो कम्पनीमा डेपुटी सिईओमा सुरेश खत्रि कार्यरत रहेका छन ।
त्यसैगरी सुर्या लाइफ इन्स्योरेन्स र नेपाल लाइफमा समेत सिईओ खाली रहेको छ । नेपाल लाइफमा सिईओ रहेका विवेक झाको पनि देस्रो कार्यकाल पुरा गरेर बाहिरिएका हुन । झा साउन १ गतेदेखी नेपाल लाइफ छाडेपछि सिईओ खाली छ । त्यहा सन्तोष प्रसाईँले कामु सिईओ चलाइरहेका छन ।
त्यसैगरी सुर्या लाइफको सिईओ रहेका शिवनाथ पाण्डेले गत मंसिर १ गतेदेखी कम्पनी छाडेका हुन । २ महिना कार्यकाल बाँकी हुदै पाण्डे बाहिरिएका हुन । सुर्या लाइफमा पवन खड्काले कामु सिईओ चलाइरहेका छन ।