कोरोना रिस्कका कारण लाभांश घटाइएको हो, अर्को वर्ष बढ्छ: सीईओ अधिकारी « Arthapath.com
१७ पुष २०७७, शुक्रबार

कोरोना रिस्कका कारण लाभांश घटाइएको हो, अर्को वर्ष बढ्छ: सीईओ अधिकारी



  • नेपाल बैंकमा अण्डरटेवल कुनै काम हुन्न ।
  • ४० प्रतिशत कर्जा कर्पोरेट हाउसमा छ
  • हिजो छाडेका ठूला ग्राहक अब फर्किंदैछन् ।
  • ७२ जिल्लामा नेपाल बैंक पुग्छ ।
  • यसैपालि ३ जना पब्लिक सञ्चालक आउँछन् ।

कृष्णबहादुर अधिकारी सीईओ नेपाल बैंक लिमिटेड

काठमाडौं । मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८४औैँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मा स्थापना भई सञ्चालनमा आएको यो बैङ्क नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बैङ्कले नेपालमा भारतीय रुपैयाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनुका साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बैङ्किङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । देशको औद्योगिकीकरण, व्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बैङ्कका रूपमा यो बैङ्कले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

स्थापनापछि विभिन्न समयमा विभिन्न खाले उतारचढाव झेल्दै आएको बैङ्कले पछिल्ला वर्षमा वित्तीय परिसूचकहरूले बैङ्कको सफलताको उत्साहजनक नतिजाहरू देखाएको छ । नेपाल सरकार र सर्वसाधारणको निजी सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैङ्कमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर हिस्सा छ ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी हुन् । सिइओ अधिकारी नेपाल बैंककै उत्पादन हुन् । नेपाल बैङ्ककै ‘करिअर बैङ्कर’ अधिकारीले २०६१ देखि सहायक प्रबन्धक (छैटौँ) तहबाट बैङ्किङ करिअर सुरु गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन् । अधिकारी लमजुङका स्थायी बासिन्दा हुन् ।

नेपाल बैंकमा तपाईंले सीईओ पद सम्हालेपछि सुधार के–के गर्नुभयो ?

नेपाल बैंक पहिलेजस्तो हैन, पूर्णरुपमा सुधार भैसकेको छ । ग्राहकहरू र सेयरधनीले देख्ने भनेको २३ वर्षदेखि यस बैंकले लाभांश दिन सकेको थिएन । हामीले गतवर्ष २५ र यस वर्ष कोरोनाको कारणले १६ प्रतिसत लाभांश दिएका छौं । अब नियमित लाभांश दिनेछौं ।

अर्को सुधारको कुरा भनेको सिस्टम ग्राहकमैत्री छैन र सेवामा गुणस्तर छैन भन्ने थियो । पहिलेजस्तै सरकारी पारमा सेवा दिइन्छ भनिन्थ्यो । तर अव अवस्था फेरियो । नेपाल बैंकले कोल्टे फेरिसकेको छ । म कार्यकारी प्रमुखको हैसियतले सेवाग्राहीलाई भन्न चाहान्छु अन्य बैंक र नेपाल बैंकको सेवामा फरक पाउनुभयो भने सिधैँ प्रमुख कार्यकारी अधिकृतलाई फोन गर्न आग्रह गर्छु ।

अर्को कुरा हाम्रो बैंकको स्टे«न्थ राम्रो छैन भन्ने गरिन्थ्यो । एसेट क्वालिटी राम्रो छैन भन्ने गरिन्थ्यो त्यसैले हामीले ईक्रा रेटिङ पनि गरायौं । त्यसमा हाम्रो बैंकको ए गेडिङ आयो । त्यो पनि गुणस्तरीय सेवा हो भन्ने बुझ्छौं ।

नेपाल बैंक एकदमै सुरक्षित र स्वस्थ्य रहेको छ । यो वर्ष हामीले ४४४ जना कर्मचारी बाहिर बजारबाट नयाँ कर्मचारी नियुक्ती ग¥यौं । केही साथिहरू बैंकभित्रैबाट प्रतिस्पर्धा गरेर पनि आउनुभयो ।

देशको ७७ वटै जिल्लामा नेपाल बैंक पु¥याउनुपर्छ भनेर लागिपरेका थियौं । अहिले ६९ जिल्लामा पुर्याएका छौं । ३ वटा जिल्लामा तुरुन्तै नेपाल बैंकको सेवा पुग्छ । अनि ५ वटा जिल्ला बाँकी रहन्छ । व्यवसायको बृद्धि एभ्रेज ग्रोथलाई ब्रेक गरेका छौं ।

अहिले नेपाल बैंकको क्यापिटल एडुकेसी १७ प्रतिशतको हाराहारीमा छ । रिर्जभमा सबैभन्दा ठूलो नेपाल बैंक हो । करिब १६ अर्ब रुपैयाँ रिजर्भ रहेको छ । पुरानो कर्जाहरू अझै सेटलमेन्टको अवस्थामा रहेकाले एनपीए अलि बढी छ । असार मसान्तमा २ दशमलव ७ थियौं भने अहिले कोरोनाको कारण केही बढेको छ ।

नेपाल बैंकको ग्रोथ अपेक्षाभन्दा कम भएको हो र ?

बैंकहरूको आ–आफ्नै फिलोसपी हुन्छ । कसैले एग्रेसिभ ग्रोथ गर्छ, कसैले सस्टेन मोग्रेट टाइपको ग्रोथ गर्छ । त्यो सिलसिलामा हामी सस्टेन हुने ग्रोथमा छौं । गतवर्ष हामीले कर्जामा १२ र डिपोजिटमा १८ प्रतिशत ग्रोथ गरेका थियौं । यो ग्रोथ आफैँमा राम्रो हो ।

कर्जा जुनरुपले बढ्नुपर्ने हो बढेन नि ?

कर्जा बढिरहेको छ । महामारीको अवस्था आज नौ महिना भैसक्यो । यस्तो अवस्थामा अधिकांश व्यवसायीको मनोवल उच्च नभएको पाइन्छ । भएका व्यवसायलाई बचाउने र नयाँ आउने व्यवसायलाई केही समय पर्खो भन्नेमा व्यापारीहरू रहेको देखिन्छ । कर्जा मा अहिल े राष्ट « बै ंकका े सीसीडीको ८५ प्रतिशतसम्म जान सकिन्छ भनेको छ, तर हाम्रो ७२ प्रतिशत छ । यो भनेको कर्जा कमभन्दा पनि लगानीयोग्य फण्ड पर्याप्त छ । र लगानीका लागि अवसर पनि हो । कतिपय बैंकले अस्वभाविक कर्जा बढाएका छन् । हामीले त्यस्तो गरेनौं, तर हामीले ५ प्रतिशत ग्रोथचाहिँ छ ।

नेपाल बैंकमा ठूला कर्पोरेट क्लाइन्ट नआउनुको कारण के हो ?

नेपाल बैंकको कर्जा टोटल ११५ अर्ब छ । यसमा ४० प्रतिसत कर्पोरेट हाउसहरू छन । यो इन्डष्ट्रीको एभ्रेज हो । हाम्रो फोकस साना मझौला व्यवसायमै हो । पहिले भनिन्थ्यो, नेपाल बैंकले ठूला व्यावसायिीक घरानाको आवश्यकता पूरा गर्न सक्दैन भनिन्थ्यो । कम्पिमेन्ट मेनपावर छैन भनिन्थ्यो । नेपालको सबैभन्दा ठूलो कन्सोडियम १९ अर्बको एउटै प्रोजेक्टमा नेपाल बैंकले ५ अर्ब लगानी गरेको छ ।

ठूला व्यावसायिक घरानाहरू व्यवसाय सुरु गर्दा नेपाल बैंकबाटै गरेपछि नेपाल बैंकमा आएको उदारचढावले अन्य बैंकमा पुगे, अहिले फर्किएर आउने क्रम जारी छ । उहाँहरू फर्किनुको पनि कारण छ ।

अहिले पनि नेपाल बैंकको वेसरेट कम छ, राष्ट्रिय बाणिज्य बैंकको सबैभन्दा कम छ त्यसपछि नेपाल बैंकको छ । वेसरेट कम हुनु भनेको नेपाल बैंकबाट कर्जा लिनेलाई फाइदा हो । अर्को नेपाल बैंक अहिले पनि सेवामा ग्राहाक मैत्री बनेको छ । पहिलेजस्तो नेपाल बैंकको सर्भिस छैन, प्रतिस्पर्धी बजारमा अग्रणी स्थानमा छौं ।

नेपाल बैंकमा कर्जा लिन आउँदा कसैको सोर्सफोर्स पनि चाहिँदैन र नियमअनुसार तिर्नुपर्नेबाहेक अरू कुनै अण्डरटेवल पनि चल्दैन ।

गतवर्षभन्दा लाभांश घट्यो, आगामी वर्ष अझै घट्छ ?

गतवर्षभन्दा घटेकै हो । हाम्रो क्यापासिटी नभएर नदिएको होइन । महामारीको अवस्था के हुन्छ भनेर सञ्चित गरेर राखेको त्यो फन्ड ग्राहककै त हो नि । हाम्रो क्षमता हुँदाहुँदै पनि १६ प्रतिशत घोषणा सञ्चालक समितिले गरेको छ । आगमी वर्ष अझै बढाउन कोशिस रहनेछ ।

सरकारी बैंक भएर पनि कर्जाको व्याजदर महंगो भयो, भनिन्छ नि ?

हामी तछाड–मछाड गर्ने परेनौं । कुनै बैंकले वेसरेटमा घटेर पनि कर्जा दिएका होलान । त्यस्तो कम्पिटीसनमा नेपाल बैंक छैन । हाम्रो रेट प्रायः सेम रहन्छ । अरूले तरलता भएको बेलामा लोन सस्तोमा दिऔं र पछि बढाउँला भन्ने हुन्छ । अहिले नेपाल बैंकले वेसरेटमा २ प्रतिसत थपेर दिने भनेको छ । यो अफर कुन बैंकले गरेको छ ? १० करोडसम्मको कर्जा ६.९९ मा दिएका छौं । घर कर्जा ७ दशमलव ८१ मा दिएका छौं नि । त्यो महंगो भयो ?

सरकारले ३ वटा उस्तै कारोवार गर्ने बैंक चलाउन जरुरी छ ?

२७ ओटै बैंक सरकारको नीति–नियमभित्र रहन्छन । खाली सरकारले लगानी गर्नु र नगर्नु फरकमात्रै हो । भारतमा १२÷१४ वटा सरकारी बैंक छ । १ हुनुपर्छ वा ४ वटा हुनुपर्छ भन्ने कुरा नेपाल सरकारको पोलिसी हो ।

नेपाल बैंकमा पब्लिकबाट चुनिनुपर्ने सञ्चालक अझै चुनिएका छैनन्, कहिले हुन्छ ?

यही पुसको २९ गते वार्षिक साधारणसभा गर्छौं । त्यसमा एउटा एजेन्डा सर्वसाधारणबाट नेपाल बैंकमा ३ जना सञ्चालक चयन गरिनेछ । अघिल्लो वर्ष नै निर्वाचनमा जान लागेका थियौं । त्यसबेला २ जना सञ्चालक पब्लिकबाट चयन हुने व्यवस्था थियो । त्यसविरुद्ध अदालतमा मुद्दा प¥यो । त्यसको फैसला गत एजीएममा आउन सकेन । विशेष साधारणसभा गरेर ३ जना पब्लिक ३ जना सरकारको र १ जना स्वतन्त्र सञ्चालक रहनेगरी प्रबन्ध–पत्र नियमावली संशोधन भैसकेको छ ।

सर्वसाधारण र सरकारको सञ्चालक समितिमा बराबर प्रतिनिधित्व हुने भएपछि अब सरकारी हस्तक्षेप नहुने भयो होइन ?

सरकारी हस्तक्षेप पहिला पनि थिएन । अहिले पब्लिकबाट १ जनामात्रै हुनुहुन्छ । अरू सबै सरकारी प्रतिनिधि नै हुन् । यति हुँदाहुँदै हाम्रो सञ्चालक समिति प्रोफेसनल छ । बैंकको हितमा काम गर्ने टिम छ । कुनैपनि विषयमा सरकारको प्रभाव छैन । अहिले कर्मचारी लोकसेवाले लिन्छ । कसैको हस्तक्षेप छैन । पहिले लोकसेवाले कर्मचारी भर्ना गर्ने सिस्टम नहुँदा ओभरस्टाफिङ थियो । अब त्यस्तो भएन ।

कर्जाको हकमा म्यानेजमेन्ट स्वतन्त्र छन । हाम्रो क्रेडिट गाइडलाइन अनुसार नै हुन्छ । अर्को शाखा खोल्ने सवालमा दवाब हुन्थ्यो अहिले देशको कुना–कुनामा निजी बैंकका शाखा पुगिसकेका छन । कुनै घाटा हुने ठाउँमा पनि शाखा खोल्नुपर्ने दवाव हुन्थ्यो होला । अहिले हामी फुल्ली प्रोफेसनल भएका छौं । अरू निजी बैंकजस्तै स्वतन्त्र छौं काम गर्न ।

वेस रेटमा २ प्रतिशत थपेर दिने सहुलियतपूर्ण कर्जामा नेपाल बैंकको उपस्थिति कति छ ?

अहिले हामीले ४५ देखि ५० करोड कर्जा प्रवाह सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेका छौं । स्थानीय तहसँग समन्वय गरेर कर्जा दिएका छौं । स्थानीय तहले ओरेन्टेसन दिनुहुन्छ । त्यसैमा सहकार्य गरेर लगानी गरिरहेका छौं ।

त्यस्तो सुविधाको कर्जा लिन के के क्राइटेरिया चाहिन्छ ?

बैंकलाई कर्जा लिएपछि तिर्ने फिजिवल प्रोजेक्ट चाहियो । बैंकलाई बरोअरले स्याटिफाइ बनाउनुप¥यो । गाउँमा ३६ प्रतिशतमा कर्जा लिएर काम गरिरहेकालाई बैंकले ६, ७ प्रतिशतमा कर्जा दिएर उद्यमी बनाउँदैछ ।


प्रतिक्रिया दिनुहोस्