माघे सङ्क्रान्तिको अवसरमा तारुकामा १७ हल गोरु जुधाइने « Arthapath.com
२७ पुष २०७७, सोमबार

माघे सङ्क्रान्तिको अवसरमा तारुकामा १७ हल गोरु जुधाइने



काठमाडौं । माघे सङ्क्रान्तिको अवसरमा यस बर्ष नुवाकोटको तारुकामा १७ हल गोरु जुधाइने भएको छ । आज मेला आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा यसबर्ष आजसम्म जुधाउनको लागि १७ हल गोरु दर्ता भएको मेला आयोजक समितिका अध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिएका छन ।

करिब १ सय ५० बर्ष पहिलेदेखिको तारुकाको गोरु जुधाई नेपालकै पहिलो प्रतियोगीता हो । उक्त परम्परा बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह गोरुजात्रा हुने स्थान तारुका ५ चन्दनीस्थित मामाघर आउँदा भान्जालाई स्वागत र मनोरञ्जनको लागी मावलीले बाजागाजासहित साँढे जुधाउने परम्पराको पहिलो पटक सुरु गरेका थिए ।

२०६२ सालदेखि मेला समिति बनाई व्यवस्थित रुपमा मनाउदै आएको गोरु जुधाई आयोजक समितिका सल्लाहाकार जनक ढुङगानाले बताए ।

हाल उक्त परम्परालाई जात्राको रुपमा मनाईदै आएको छ । त्यस दिन तारुकाको गोरु जुधाई हेर्न हजारौंको भिड लाग्ने गर्र्छ । मेला हेर्नको लागी नुवाकोट ,धादिङ ,रसुवा र राजधानी काठमाडौंबाट समेत मानीसहरु आउने गर्दछन । मेला तारकेश्वर गाउँपालिका ३ स्थित तारुकाको चन्दनीमा हुने छ ।


प्रतिक्रिया दिनुहोस्