चन्द्रागिरीको आईपिओमा १६ गुणा बढी आवेदन, ३ दिनमै २ अर्व १० करोड संकलन « Arthapath.com
२७ पुष २०७७, सोमबार

चन्द्रागिरीको आईपिओमा १६ गुणा बढी आवेदन, ३ दिनमै २ अर्व १० करोड संकलन



काठमाडौं । शुक्रबारदेखी निस्कासन भएको चन्द्रागिरी हिल्सको आइपिओमा १६ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणको लागी खुला भएको सेयरमा सोमबारसम्म २ अर्व १० करोड ५२ लाख संकलन भएको ग्लोवल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले बताए ।

चन्द्रागिरी केवलकारले सर्वसाधारणको लागी १३ लाख ३४ हजार कित्ता आपीईओ निष्काशन गरेको थियो । आईपिओमा सर्वसाधारणके व्यापक चाप देखिएको छ । आइपीओ निष्काशन गरेका तेस्रो दिन सोमबार ४ बजेसम्म १० लाख ६७ हजार ८९३ जनाले आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

चन्द्रागिरी हिल्सले १३ करोड ९६ लाख २ हजार २ सय रुपैयाँ बराबरको सोमबार ४ बजेसम्म २ करोड १० लाख ५२ हजार सेयर कित्ताको लागि २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँको आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । सोमबारसम्मको तथ्याङ्क हेर्दा करिव १६ गुणा बढि आवेदन परेको हो ।

आइतबारसम्म १ करोड ७० लाख २७ हजार ७९० कित्ता आईपीओ माग थियो । आइतबार ८ लाख ६३ हजार ४४६ आवेदकले १ करोड ७० लाख २७ हजार ७९० कित्ताका लागि १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन परेको थियो ।


प्रतिक्रिया दिनुहोस्