नविल एक नम्बरको बैंक भनेर हात बाँधेर बसेका छैनौं: सीईओ अनिलकेशरी शाह « Arthapath.com
२८ पुष २०७७, मंगलवार

नविल एक नम्बरको बैंक भनेर हात बाँधेर बसेका छैनौं: सीईओ अनिलकेशरी शाह



अनिलकेशरी शाह, सीईओ, नविल बैंक लि.

नविल बैंकले यसपालि सोचभन्दा बढि बोनस दिनुको कारण के हो ?

पहिलो त हाम्रो नयाँ स्टाटिजी प्लान बनेको छ । हामीसँग म्यानेजमेण्ट टीम, ज्वाइनभेण्चर पार्टनर सबै मिलेर नबिल २०२५ एउटा स्टाटिजी बनाएको छ । त्यसमा एउटा ग्रोथको स्टाटिजी छ हाम्रो । जस्तै देख्नुभएको होला २ बर्षमा ६० वटा ब्रान्चबाट ११९ वटा ब्रान्च बढाएका छौँ । त्यो सँगसँगै टपलाईन ग्रोथ, लोनको ग्रोथ, प्रोफिट मात्रै होइन यसरि नै डिटियलमा नै यहि राखेका छौँ । यो विजनेश ग्रोथलाई सस्टेन् गर्नका लागि क्यापिटल चाहिन्छ । क्यापिटल ल्याउने भनेको मर्जरबाट हो । तर मर्जर गर्दा क्यापिटल मात्रै आउँदैन विजनेश पनि आउँछ । तर अहिले बोनस सेयर दिइसकेपछि क्यापिटल बढ्छ । अहिले हाम्रो डिभेञ्चर पनि आउँदै छ । जति विजनेश गर्न हामी चाहन्छौं र जति विजनेश गरेपछि स्कोप देखेका छौं त्यसलाई धान्नलाई क्यापिटल चाहिन्छ । त्यसकारण यो वर्ष बोनस सेयर देउँ भनेर म्यानेजमेण्टले नै प्रस्ताव गरेको हो । बोर्डले पनि ल ठिकै छ, टप लाइनमा जे जस्तो ग्रोथ छ त्यो ग्रोथलाई धान्नलाई यो क्यापिटल चाहिन्छ । किनभने मर्जर हुन्छ हुँदैन भन्न सकिंदैन । नविल बैंकले जुन मार्ग समातेको छ ११९ ब्रान्च २ वर्ष अगाडी नेपालको चौथो सानो शाखा भएको बैंकमा थियो भने अहिले हामी माथि पुगिसकेको छौँ । यसलाई धान्नलाई क्यापिटल चाहिन्छ ।

एनबी इण्टरनेसनलाई क्यास लैजानलाई राष्ट्र बैंकले रोकेको कारण बोनस बढाएको हो ?

यो एउटा भ्रम मात्रै हो । राष्ट्र बैंकको इन्स्फेक्सन आउँदा राष्ट्र बैंकको इन्स्फेक्सनले एनबी इण्टरनेशनलको डकुमेण्ट ल्याउनु भनेर भनेको थियो । मागेको डकुमेण्ट हामीले सबै दिइसकेका छौँ । राष्ट्र बैंकमा चिठ्ठी पनि पठाइसकेको छुँ । इन्सफेक्सनमा लेखेको कुरालाई सच्याई पाउँ भनेर त्यो चिठ्ठीमा लेखेको छु । यहि बीचमा एजिएम पनि भयो । एजिएमलाई ढिलो गर्नु भएन । एजिएम पछि क्लियर भएर आउछ होला । त्यसैले बोनस सेयर यहि कारणले दिएको भन्ने चाहि ठीक होइन । क्यास दिएको भएपनि हामी रोकेर राख्नुपर्ने हो, बोनस सेयर दिएको भएपनि रोकेर राख्ने हो । जुन कारणले रोकेको हो, जुन डकुमेण्टेसन राष्ट्र बैंकले मागेको थियो सबै हामीले दिइसकेका छौं । अव प्रासेस मात्रै हो । राष्ट्र बैंकको निर्देशनले पनि चाँडो आउछ होला ।

केहि समय अगाडी कैसेले चन्दा मागेको छैन भने विज्ञप्ती निकाल्नु भयो खास कारण के हो ?

एकदुई वटा अनलाइनले हाम्रो चिनजानेको मान्छेलाई प्रधानमन्त्री कार्यालयबाट चन्दाको लागी फोन आयो भनेर खेले । चन्दा दिनुहोस् भनेर भनेको समाचार आयो उसले त्यो स्पिकरमा राखेर अनिल शाहले पनि त्यो सुनेर अव यस्तो चन्दा आतंक भयो भनेर भन्ने आयो । अव यसमा सत्यतथ्य कुरा त गर्नै पर्यो । हाम्रो बैंकको रेपुटेसन सँगसँगै सम्माननिय प्रधानमन्त्रीज्यूको कार्यालयको कुरा आएको हुँदा हामीले विचार गरेर सत्यतथ्य बोल्नुपर्यो नत्र त्यो मानिसमा भ्रम बस्छ भनेर विज्ञेप्ती निकाल्यौं । त्यसमा केहि तथ्य नै छैन भ्रम फैलाउन खोजेको थियो । हामीलाइ कसैको फोन पनि आएको छैन । त्यसपछि सीएनआइले पनि विज्ञप्ती आयो । कसैले हाम्रो नाम लिएर दोस दिन्छ भने चाहिँ त्यसमा विज्ञप्ती निकाल्नु नै राम्रो हुन्छ ।

नविल बैंकलाई एनआईसी एशिया, ग्लोबल बैंकले टक्कर दिइरहेका छन्, यो पहिलेदेखिको एक नम्बरको नविल बैंक अव १ नम्बरको रही राख्नको लागि के गर्दै हुनुहुन्छ ?

जुन पहिलो प्रश्न सोध्नु भएको थियो त्यो प्रश्नको उत्तर यसमा आउँछ । जुन हामिले विजनेश ग्रोथ गर्न खोजिरहेका छौँ । अहिले मार्केट तातिएको छ । अरु बैंकहरुले मर्जरमा गएर होस या आफ्नै रणनीतिले होस् विजनेश ग्रोथ गरेको छ । ग्लोबल आइएमईको त जनता मात्रै हौइन कति वटा संस्थाहरु मर्जर भएर ठूलो भएको छ । एनआईसीले चाहि गएको ८÷१० वर्षदेखि नै शाखा विस्तार गरेर हाल ३ सय भन्दा बढि शाखा पर्याएको छ । देशभरि नै शाखा विस्तार गरेको लामो वर्ष भैसकेको छ । हामी भर्खर ११९ शाखामा पुगेका छांै । इन्फर्मेशसन टेक्नोलोजी, कोर बैंकिङ्को आइटी सिस्टमलाई  अपडेट गर्नको लागी सबैभन्दा एडभान्स कोर बैकिङ् आईटि फिनाकलको लेटेष्ट भर्जन अपग्रेडको तयारीमा छौं । बैंकको भएका कर्मचारीलाई नहटाइकनै बाहिरबाट ट्यालेण्ट हण्ट लिएर अगाडी बढेका छौं । बाहिरबाट नयाँ मान्छे लिएर अनुभव तथा बाहिरबाट आएको अनुभवले जुन रफ्तारलाई झन बढाउने तर्फ लागिरहेका छौँ । नविललाई ठूला–ठूला कर्पाेरेटको र डिपोजिटरको बैंक भनेर भनिन्थ्यो । अहिले माइक्रो कर्पाेरेटको, सेभिङ्स अकाण्टको चाहि एकदम लागि रहेका छौं । नविल एक नम्बरको भनेर हामी हात बाँधेर बसेका छैनौं । हामीले चुनौती र अवसर पनि देखेका छौं । अहिले पनि सर्भेगर्दा वित्तीय क्षेत्रमा नेपाली जनताको विश्वास नविलप्रति एकदम राम्रो छ । वित्तीय क्षेत्रभित्र नविल बैंक एउटा उत्कृष्ठ विश्वास जित्न सकेको वित्तीय संस्था हो । त्यो ब्राण्ड इमेजलाई बोकेर हामी पसिना बगाउने र बुद्धी चलाएर आउने दिनमा झन रफ्तार बढाएर अगाडी बढ्छौं ।

तपाईं दोस्रो पटक नविल बैंकमा आएपछि जुन एग्रेसिभली बढ्छ भन्ने अनुमान थियो त्यो देखिएन नी ?

म आइसकेपछि केहि गृहकार्य गर्नुपर्ने थियो । सिस्टम अपडेटदेखि लिएर ब्रान्च बढाउने कुरा एकैदिनमा हुँदैन । जुन किसिमले नविलको टिमले गर्न सक्यो ४० वटा ब्रान्च एकै वर्षमा जुन कोभिड भएको वर्षमा खोल्नु भनेको सानो कुरा होइन । चौथो सफलता सानो नेटवर्क भएको बैंकबाट टपटेन नेटवर्क भएको बैंकमा पुग्नु पनि सानो कुरा होइन । यो सबै भैसकेको छ । त्यो सँगसँगै ट्यालेण्ट इन्ह्यान्समेण्ट जुन डीसीओ र डिजिएमदेखि लिएर धेरै जनालाई लिएर एउटा टीमलाई बलियो बनाउने काममा लाग्यौं ।  त्यसको रिजल्ट चाँहि यो आर्थिक वर्षमा हेर्नुहोस् फस्र्ट क्वाटरमा । सबै अनिल शाहले मात्रै गरेको भनेर भ्रममा नपर्नुहोला यो एउटा टिमले गरेको हो । त्यो टिमको लिडरसिपमा पनि अनिल शाह मात्रै होइन हाम्रो बोर्ड, हाम्रो ज्वाइण्ट भेञ्चर पार्टनरको पनि धेरै भूमिका छ । धेरै जनाले सोध्छन मलाई होइन के विनोद चौधरी, निर्वाण चौधरीसंग बैंक चलाउने समय नै छैन । संसारभरिको विजनेश गरिरहेको ब्यक्तिले समय दियो भने राम्रो हुन्छ भनेर त्यसैले अहिले पनि बोर्डले समय दिइरहेको छ । प्रोएक्टिभ्ली एकजुट भएर अगाडी बढि रहेका छौं । त्यो लिडर्समा पनि देखिन्छ । यहि आर्थिक बर्षको नम्वर हेर्नुहोस्, सेकेण्ड क्वार्टरको पनि आउँछ । ठूला–ठूला संस्थाहरुलाई टक्कर कसरी दिने भन्ने चुनौती धेरै छ । मत एकदम विश्वस्त छु जुन हाम्रो बोर्डको ज्वाइनभेञ्चर पार्टनर र म्यानेजमेण्ट टीमको काम गर्ने क्षमता छ त्यसैले आउनेदिनहरु झन राम्रो हुन्छ ।

शाखा विस्तार मार्केटिङमा पछाडी छ, अझै बढाउने योजना केहि छ ?

शाखा त हाम्रो ११९ पुगेको छ । आगामी दिनमा अझै बढ्ला । कोभिडले गर्दा सबै ठप्प भएको छ । सबैभन्दा धेरै शाखा भएको बैंक नविल हुँदैन । जहाँ शाखा चाहिन्छ त्यहाँ शाखा खोल्छौ । अहिले मर्जको लागी हेरिरहेका छौं । मर्ज गर्ने हो भने शाखा किन खोल्ने ? मर्ज भयो भने मर्जरमा आएको कम्पनीको शाखा आउँछन् । विकास बैंक वा क बर्गको बैंकसँग वा जो सँग मर्ज भयो पनि उनीहरुको शाखापनि आउँछ । शाखा बढाउँछौ या आफै बढाउछौ या मर्जर गरेर भएपनि बढाउछौं ।

पहिलो पटक साधारण सभामा मर्जरको प्रस्ताव छ, के मर्जरको पार्टनर फिक्स भयो की प्रस्ताव मात्रै हो ?

अहिले एउटा पार्टनर मात्रै होइन । नविल चाहि गाउँभरिको उत्कृष्ठ दुलाहा बोकेर सबैले छोरी वा दुलही दिनलागेको जस्तो होइन । कहिले कसैको नाम आउछ कहिले कसैको नाम आउछ । हामीले पनि हाम्रो राइट सेयरको हामीसँग मर्ज भयो भने हाम्रो विजनेश साईज कस्तो हुन्छ ? हामीले हेर्ने भनेको उहाँहरुको कस्टमर र हाम्रो कस्टमर उहि होकी फरक हो ? हाम्रो ब्रान्च र उहाँहरुको ब्रान्छ उहि ठाउँमा छकि फरक ठाउँमा छ ? हाम्रो वीकनेस के हो र उहाँहरुको वीकनेस के हो ? उहाँहरुको स्ट्रेन्थ र हाम्रो स्ट्रेन्थ के हो ? लगायतमा एनालाइसीस गरेर हामीले थुप्रै बैंकको बोर्डलाई दिएका छौँ । क र ख बर्गको पनि पुरा विवरण दिएको छ । उहाँहरुले यो हेर्दै हुनुहुन्छ । तर एउटा कुरा चाहि म भन्छु ज्वाइण्टभेञ्चर पार्टनर र हाम्रो बोर्डको सर्ट टाइमको लागि हामी मर्ज हुँदैनौ । यसको स्वाप रेसियो राम्रो छ र योसँग मर्ज गरिहालौ भनेर मर्ज गर्ने होइन । सर्ट टम फाईदा आउछ भनेपनि मर्ज गरिदैन । मर्ज गरियो भने लङ टाईममा नविल बैंकलाई के फाइदा हुन्छ ? अहिले मात्रै होइन पाँच वर्षमा के फाइदा हुन्छ ? १५ वर्षमा नविललाई के फाइदा हुन्छ ? यो हेरेर मात्रै मर्ज गर्छाैं । यहि हेरेर एजिएममा एजेण्डा लिएर गएको हो ।

नविल बैंकको विजनेश अरु बैंकले खोसिरहेका छन् यसलाई कसरि जोगाउने ?

अरु बैंकको विजनेश पनि नविल बैंकले खोसिरहेका छ । अहिले ईण्डस्ट्रीमा नै हेर्नुहोस् हामी टपमा छांै । प्रस्पिर्धामा यो हुन्छ । कुनैबाट हामीबाट अर्काेमा जान्छ अर्काेबाट हामीमा आउँछ । तर एउटा के छ भनेदेखि कहिले नविलको एउटा कस्टमर तान्न सक्छ भने नविलले उसको ३ वटा कस्टमर तान्न सक्छ । अहिलेपनि बेसमा हाम्रो एडभाण्टेज छ, इफिसेन्सीमा एडभाण्टेज छ र सबैभन्दा बढि हाम्रो ब्राण्डमा एडभान्स छ । लोन लिन जाँदाखेरि होस् या अन्य कुनै कुरामा होस् ।

नविलसँग मर्जरको नाम जोडेर केहि बैंकहरुले सेयर मूल्य बढाइरहेका छन्, सेयर बजारमा जस्तैः एनसीसी, सिद्धार्थसँग हल्ला मात्रै होकी कुरा पनि अगाडी बढिरहेको छ ?

यसमा म कमेण्ट नै गर्न चाहिन्न । अघि मैले भने बैंकहरुसँग मर्ज गर्यो भने हाम्रो के हुन्छ ? मैलेपनि सुनेको छु बैंकको नाम जोडेर सेयर बढायो घटायो भनेर । अहिले त्यसमा के गर्ने भनेर केहि भन्नु छैन । यति होकी इन्भेष्टरहरु सचेत हुनुपर्यो । कुनैसँग मर्ज हुने कुराले मात्रै अगाडी बढ्ने होइन । त्यसमा ठोस कुराहरु अगाडी बढ्यो भनेदेखि इन्भेष्टर सचेत हुनुपर्यो । हल्लामा गरेको ठिक हुँदैन । अहिलेको समयमा मर्जको ट्रान्सपर्ट (मर्जर कमिटि) बनाएको नै छैन । पहिला त मर्जको ट्रान्सपर्ट बनाउनुपर्यो नि । एजिएमले ओके भनेपछि एउटा मर्जर ट्रान्सपर्ट बन्छ । त्यो ट्रान्सपर्टले अध्यायन गर्छ । अनिपछि अफिसियल कुराहरु अगाडी बढ्छन् होला । अव ट्रान्सपर्ट नै नभइकन अगाडीको कुरा भएको बारेमा कसरि पत्याउन सक्छु र ?

एनआईबिएल, एनआइबिएल मर्जर हुँदा नबिल एक्लै अगाडी बढ्न सक्छ ?

जव ८ अर्ब पुँजी बनाउने भनेर राष्ट्र बैंकले निर्देशन दियो, तव सबै बैंकले मर्ज गरे, एफपीओ गरे तर नविल बैंकले मर्ज पनि गरेन, राइट सेयर पनि गरेन, एफपीओ पनि गरेन । हाम्रो सेयर होल्डरको खल्तिबाट एक पैसा पनि थप्नुपरेन । हामीले आफै कमाएको पैसाबाट ८ अर्ब पँुजी पुर्यायौँ । त्यो बेला पनि नविलले एक्लै गर्न सक्छ ? नविलले नसक्ने केहि छैन । हाम्रो ब्राण्डको प्रसेप्सन छ, टीमको क्षमता छ र टीमसँगसँगै जुन हाम्रो बोर्ड ज्वाइनभेञ्चर पार्टनर डिरेक्सन दिने क्षमता छ । त्यो कारणले गर्दाखेरि पर्यो भने हामी एक्लै पनि गर्न सक्छौ । तर त्यो भन्दैमा एक्लै गर्छाै भन्ने पनि होइन । राम्रो एउटा मर्ज गर्ने या कुनैलाई अक्वायर गर्ने अवसर आयो भने हामी तयार छौं । तर तत्काल र दिर्घकालमा के हुन्छ भनेर सोच्छौ ।

अहिले बजारमा लिक्वीडिटी धेरै भएको छ, कति दिन रहला यस्तो अवस्था ?

मेरो विचारमा थर्ड क्वाटरसम्म रहन्छ । आर्थिक बर्षको अन्तिमसम्म नर्मल हुन्छ । हुन त राष्ट्र बैंकले कति अर्ब रुपैयाँ गर्दैछ  । यो कसैले पनि भन्न सक्दैन । कोरोना कहिले भाग्छ, पर्यटक कहिले आउँछन्, खाडी क्षेत्रमा हाम्रो कामदार कहिले जान्छन्, भन्ने एकिन नहुँदा सम्म त्यो भन्न सकिदैन । बेलायतमा दोस्रो चरणमा लकडाउन भएपछि अर्थतन्त्र नै ध्वस्त भयो नि । यता हाम्रो नर्मल भैसक्यो । अस्ति काठमाडौंमा कुहिरो जस्तो लागेर सबैमा त्रास छाएको थियो । के भयो यो पर्लय पो हुन लाग्यो की अव आज घाम लागेको छ आहा पशुपतिनाथको देश यस्तै हो भनेर कोहिले पनि भन्न सक्दैन । मेरो अनुमान यो आर्थिक बर्षको अन्तिम सम्म नर्मल हुन्छ जस्तो लाग्छ ।

ब्याजदर अझै घट्छ की यहि लेभलमा रहन्छ ?

ब्याजदर घट्छ जस्तो लाग्दैन । तर धेरै बढ्न पनि बढ्दैन । डिमाण्डको कुरा हो । स्वस्थ मात्रै होइन अस्वस्थ प्रतिस्प्रधामा आफूमा तान्न लागेको बेलामा लोनको बयाजदर बढ्ला जस्तो लाग्दैन । लोनको ब्याजदर नबढेको बेलामा डिपोजिटको पनि बढ्दैन । यथास्थितीमा राख्न सकियो भने धेरै राम्रो कुरा हो । अव वल्र्ड बैंकको रिपोर्ट आएको छ । ग्रोथ अनुमान सकारात्मक देखाएको छैन । हामीले जे जस्तो भनेपनि उनीहरुले माथिल्लो लेभलमा हेरेर गर्छन । त्यो सबै कुरा हेर्यो पनि यथास्थितीमा नै राख्न सकियो भने ब्याजदर यस्तो हुनुपर्छ की नत डिपोजिटर मर्छ नत लोन लिने मान्छे मर्छ । अहिलेको स्थितीमा बैंकले नाफा कमाउन होइन । हामीले ब्यालेन्ससिटको स्थिर खोजिरहेका छौ । हामी पनि बच्ने हाम्रा कस्टमर पनि बच्ने । कस्टमर भनेको डिपोजिटर र लोन कस्टमर हुन । त्यो ब्यालेन्स गर्छाै ।

कर्जाको डिमाण्ड कस्तो र सेकेण्ड कस्तो आउला ?

सेकेण्ड क्वार्टरमा कर्जा डिमाण्ड बढेको आउला । किनभने अलिकति अप्टेक भएको छ । ठूलो कर्पाेरेट क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि बढेको छ । त्यो भन्दा नेगेटिभ बटम लाइनमा देखिन्छ । किनभने रिस्ट्रक्चर भएको छ । त्यसको ५ प्रतिशत प्रोभिजन गर्ने भएकाले बटम लाइनमा ग्रोथ हुँदैन  नकारात्म नै हुन्छ । वित्तीय क्षेत्र कै कुरा गर्दाखेरि तर ओभरल टपलाइनको कुरा गर्दा ग्रोथ नै हुन्छ । डिपोजिट पनि ग्रोथ नै भएको देखिन्छ । तर टपलाइनमा ग्रोथ भएको रिफ्लेक्शन बटम लाइनमा देखिन्छ ।  प्रोफिट पनि ग्रोथ हुन सक्छ तर कम भएको हुनसक्छ । तर कतिको घट्छ पनि होला । अत्तालिहाल्नुपर्ने छैन । अहिलेको सिच्युसेन यहि हो ।

रेमिट्यान्स त बढेको बढ्यै छ ?

त्यो त कुरै छैन ।  कोरोनाले गर्दा बढेको हो । अव हाम्रो चुनौती चाहि अहिले बढेको रेमिट्यान्स आउनेदिनहरुमा पनि कसरि बढाउने त ? यसलाई निरन्तरता दिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्