चन्द्रागिरीको आईपिओमा १८ गुणा बढि आवेदन, अन्तिम दिनमा २ अर्व ४४ करोड संकलन « Arthapath.com
२८ पुष २०७७, मंगलवार

चन्द्रागिरीको आईपिओमा १८ गुणा बढि आवेदन, अन्तिम दिनमा २ अर्व ४४ करोड संकलन



काठमाडौं । शुक्रबारदेखी निस्कासन गरिएको चन्द्रागिरी हिल्सको आइपिओमा अन्तिमदिनसम्म १८ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणको लागी खुला गरिएको सेयरमा मंगलबार अन्तिमदिनसम्म २ अर्ब ४४ करोड १० लाख १५ हजार रकम संकलन भएको ग्लोवल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले बताए ।

चन्द्रागिरी केवलकारले सर्वसाधारणको लागी १३ लाख ३४ हजार कित्ता आपीईओ निष्काशन गरेको थियो । आइपीओ निष्काशन गरेको चौथो दिन मंगलबारसम्म १२ लाख ५० हजार ८६३ जनाको आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

चन्द्रागिरी हिल्सले १३ करोड ९६ लाख २ हजार २ रुपैयाँ बराबरको आइपीओ जारि गरेकोमा मंगलबारसम्म २ करोड ४४ लाख १० हजार १५० सेयर कित्ताको लागि २ अर्ब ४४ करोड १० लाख १५ हजार रुपैयाँको आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । मंगलबारको तथ्याङ्क हेर्दा करिव १८ गुणा बढि आवेदन परेको हो ।


प्रतिक्रिया दिनुहोस्