प्रधानमन्त्रीकै जोडबलमा बीमा समितिको अध्यक्षमा बीमामा विज्ञ छाडेर सिलवाललाई नियुक्ती

काठमाडौं । बीमा समितिको अध्यक्षमा सरकारले पुर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त गरेको छ । सोमबार बसेको बैठकले बीमाको कुनै अनुभवनै नभएको व्यक्ति शिलवाललाई नियुक्त गरेको छ ।
यसअघि चिरञ्जीवि चपागाईको नियुक्तको समयमा बीमा विषयबारे जानकारी नै नभएको व्यक्ति अध्यक्ष बनाइएको भन्दै अदालतमा मुद्धा परेको थियो ।
विरगंज निवासी शिलवाल पनि बीमाको कुनैपनि संस्थामा काम गरेको अनुभव छैन । पुर्व गृह सचिव रहेका शिलवालको कार्यकाल ४ वर्षको हुनेछ । बीमा समितिको अध्यक्ष बन्न झण्डै १ दर्जन व्यक्ति दौडमा रहेका थिए ।
राष्ट्र बैंकको डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी अध्यक्षको प्रमुख दावेदार रहेका थिए । तर सरकारले नामै नसुनेको र चर्चामै नरहेको व्यक्तिलाई अध्यक्ष बनाएको हो ।
बीमा समितिको अध्यक्ष रहेका चिरञ्जीवी चापागाईंको कार्यकाल गत पुष २३ मा सकिएको थियो । सरकारले झण्डै १ महिनापछि शिलवाललाई अध्यक्ष नियुक्त गरेको थियो ।