लघुवित्त कम्पनीमा मर्जर चटारो, कुन कम्पनी कोसँग मर्ज हुँदै छन् ? « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

लघुवित्त कम्पनीमा मर्जर चटारो, कुन कम्पनी कोसँग मर्ज हुँदै छन् ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर तथा गाभ्ने÷गाभीने प्रक्रियामा सक्रिय बनेका छन् । यस कार्यमा सबैभन्दा धेरै लघुवित्त कम्पनीहरु बढि सक्रिय देखिएका छन् । केन्द्रीय बैंकले लघुवित्त कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जान केही कम्पनीलाई बाध्यता भएको छ भने केही कम्पनलिाई प्रोत्साहन मिलेको हो ।

अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरूलाई ३० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरणमा रोक लगाएको छ । यसबाहेक २० प्रतिशतभन्दा बढी लाभाश वितरण गर्नुपरेमा लाभांशको अर्को २० प्रतिशत रकम रिजर्भ कोषमा राख्नुपर्ने नियम पनि बनाइएको छ । तर, यस नियम मर्जर भएर आएका कम्पनीको हकमा भने लागू नहुने बताइएको छ ।

पुँजी आधारसहित संस्थालाई थप सबल पार्न पनि मर्जर तथा एक्विजिसन प्राथमिकतामा परेको हो । हाल मर्जर गरेर पुँजी बृद्धि रहेका कम्पनीहरू पनि धमाधम बोनसमै जोड दिइरहेको पान्छ । केन्द्रीय बैंकले ९२ वटा लघुवित्त कम्पनीहरूलाई सञ्चालन अनुमति दिएको छ । मर्जर तथा एक्विजिसनलाई जोड दिएसँगै यो संख्या ७६ मा पुगेको केन्द्रीय बैंकले जनाएको छ । हाल नेपाल स्टक एक्चेन्जमा ५२ वटा लघुवित्त कम्पनीहरू सूचीकृत रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २४ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् । केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् । केन्द्रीय बैंकको नियमअनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी ६० करोड, राष्ट्रियस्तरका लघुवित्तको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पुँजी न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्