साताको दोस्रो दिन नेप्सेमा पहिरो, ३२.३७ अंकले नेप्से घट्दा साढे ८ अर्बको कारोबार « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

साताको दोस्रो दिन नेप्सेमा पहिरो, ३२.३७ अंकले नेप्से घट्दा साढे ८ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा पहिरो गएको छ । लगातार बढिरहेको नेप्सेमा सोमबार गिरावट आएको हो । हाइड्रो पावर समूह र अन्य समूह बाहेक अन्य समूहमा राताम्य भएको छ । सोमबार नेप्से ३२.३६ अंकले घटेर २६०७.६७ अंकमा बन्द भएको छ ।

सोमबार सर्बाधिक जीवन बीमा र निर्जीवन बीमा समूहका लगानीकर्ताले क्रमशः ३५१.३४ र १०८.५१ अंकले गुमाए भने हाइड्रो पावर समूह र अन्य समूहका लगानीकर्ताले ४५.८५ र २७.८६ अंकले फाइदा गरे ।

सोमबार दिनभरि २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ सेयर कित्ता ७८ हजार ८५८ पटक किनबेच हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्