पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर २ रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रू. १०३ पुगेको छ । नयाँ मूल्यसूची आइतवार मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्