एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, एभरेष्ट बैंकको सीईओ बन्ने पहिलो नेपाली « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, एभरेष्ट बैंकको सीईओ बन्ने पहिलो नेपाली



काठमाडौं । २५ बर्षदेखि भारितय ब्यक्ति सीईओ बनाउँदै आएको एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पहिलो पटक नेपाली नागरिक सीईओ बनेका छन् ।

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङलाई नियुक्त गरिएको छ । खालिङ एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने पहिलो नेपाली नागरिक हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका गजेन्द्रकुमार नेगीलाई १७ महिनामा नै हटाएर खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

नव नियुक्त सीईओ खालिङले केही दिन भित्रै कार्यभार सम्हाल्ने छन् । खालिङले ३० बर्ष बढि समय बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ । उनले सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ ।खालिङले १५ दिनअघि मात्रै सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्