रु रु जलविद्युतको आईपीओमा ६१.६५ गुणा बढी आवेदन « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

रु रु जलविद्युतको आईपीओमा ६१.६५ गुणा बढी आवेदन



काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा मंगलबार ५ः१५ बजे सम्मको तथ्याङ्क अनुसार १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।कम्पनीको आईपीओमा ६१.६५ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्