अजोड इन्स्योरेन्सको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ? « Arthapath.com
७ बैशाख २०७८, मंगलवार

अजोड इन्स्योरेन्सको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज (मंगलबार) हुँदै छ । अजोड इन्स्योरेन्स लिमिटेडको आज (बैशाख ७ गते, मंगलबार) वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण ११ बजे सभा हुँदै छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीको चैत्र २५ गते, बुधबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको छ । कम्पनीले चैत्र १७ गते ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको थियो । तर यो हकप्रदको सूचना बाहिरिनु भन्दा अगावै कम्पनीको आक्रामक कारोबार भइरहेको थियो । सोही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सोबोन) ले छानबिन समिती गठन गरेको थियो ।

3rd Annual General Meeting


प्रतिक्रिया दिनुहोस्