आशा लघुवित्तको नाफामा २६७.८२ प्रतिशतले उछाल, प्रतिशेयर आम्दानी ५३.२९ रुपैयाँ पुग्यो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

आशा लघुवित्तको नाफामा २६७.८२ प्रतिशतले उछाल, प्रतिशेयर आम्दानी ५३.२९ रुपैयाँ पुग्यो



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा २६७.८२ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष १३६.५० प्रतिशत बढेर १५ करोड ३५ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाको खुद ब्याज आम्दाजी ७८.४० प्रतिशत बढेर १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको निक्षेप संकलन ६३.५५ प्रतिशतले बढेर १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ र २ अर्ब ११ करोड २३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा प्रतिशेयर आम्दानी ३६.६३ रुपैयाँ बढेर ५३.२९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १५७.४० रुपैयाँ छ । संस्थाको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो ३२.४६ गुणा छ ।

लघुवित्तको खराब कर्जा अनुपात केही घटेर ३.१५ प्रतिशतमा झर्दा कोषको लागत ६.२६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्