८२ करोडले बढ्यो चिया निर्यात, ९ महिनामा ३ अर्ब ६ करोडको चिया विदेशीयो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

८२ करोडले बढ्यो चिया निर्यात, ९ महिनामा ३ अर्ब ६ करोडको चिया विदेशीयो



उषा रेग्मी

काठमाडौं । पछिल्लो समयमा नेपालबाट चिया निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतमसान्तसम्मको आयात निर्यातको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ८२ करोड भन्दा बढीको चिया निर्यात गरेको हो ।

नेपालबाट चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ६ करोड मूल्य बराबरको ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात गरेको छ । गत वर्ष यस अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको ११ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएको थियो । यो गत वर्षको तुलनामा ८२ करोडले बढी हो ।

पछिल्लो समय चिया निर्यात बढेसंगै चियाको उत्पादन भने घटेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको छ । भने आर्थिक वर्ष २०७५/७६ मा २५ हजार २ सय ५ मेट्रिक टन चिया उत्पादन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्