काठमाडौं उपत्यकामा लकडाउन एक साता थपियो « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

काठमाडौं उपत्यकामा लकडाउन एक साता थपियो



काठमाडौं । काठमाडौं उपतयकामा जारी लकडाउन थप एक साता लम्बिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउन थप गर्दै वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

गत बिहीबार (बैशाख १६ गते) देखि जारी गरिएको लकडाउन तथा हिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन थप गरिएको अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने उनले बताए ।

लकडाउन जारी भएतापनि उपत्याका छोडेर जानेलाई भने सहज व्यवस्था गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्