डिप्रोक्स लघुवित्तको सबै सूचकमा चमत्कार, नाफा ह्वात्तै बढ्यो, ब्याजमा उछाल आयो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

डिप्रोक्स लघुवित्तको सबै सूचकमा चमत्कार, नाफा ह्वात्तै बढ्यो, ब्याजमा उछाल आयो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९६.०९ प्रतिशतले बढेर ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ४७.८० प्रतिशतले बढेर ९८ करोड ६८ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६६ करोड ७६ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको सञ्चालन नाफा ९२.२१ प्रतिशतले बढेर ५० करोड ३६ लाख रुपैया रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन नाफा २६ करोड २० लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको ७ अर्ब ४७ करोड रुपैयाँ सापटी लिएर १५ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँ सापटी लिएर १२ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १५ प्रतिशतले बृद्धि भएर १ अर्ब १५ करोड रुपैयाँ ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पीको जगेडा काष ३७.८३ प्रतिशतले बृद्धि भएर १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कार्षमा ८२ करोड ३८ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ७५ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४ पैसा रहेको थियो । पीई रेसियो ३०.८९ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८.२१ रुपैयाँ रहेको छ । गत वर्ष २.५८ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ०.५३ प्रतिशतमा झरेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको निक्षेप संकलन २८.९० प्रतिशतले बढेर ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्