रिलायबल नेपाल लाइफको बीमा कोष १३२.२५ प्रतिशतले बढ्यो, बीमा शुल्क ८९.०७ प्रतिशतले बृद्धि « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

रिलायबल नेपाल लाइफको बीमा कोष १३२.२५ प्रतिशतले बढ्यो, बीमा शुल्क ८९.०७ प्रतिशतले बृद्धि



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ८९.०७ प्रतिशलते बढेर २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद बीमा शुल्क १ अर्ब २० करोड ४४ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष १३२.२५ प्रतिशतले बढेर २ अर्ब ३७ करोड २१ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब २ करोड १३ लाख ७२ हजार रुपैयाँ जीवन बीमा कोष रहेको थियो ।

त्यस्ते, यस अवधिमा हालसम्म कुल बीमा शुल्क ९०.१५ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ । हाल कम्पनीमा कायम रहेको बीमा लेखको संख्या भने ३२ लाख ५ हजार वटा छ ।

यस अवधिमा कम्पनीको खुद नाफा २१.८१ प्रतिशतले बढेर २० करोड ३ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १६ करोड ७० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा इन्स्योरेन्सको जगेडा कोष ३७.७८ प्रतिशतले बढेर ८२ करोड ३२ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ५९ करोड ७५ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको कूल दाबी भुक्तानी १०६.८५ प्रतिशतले बढेर ४७ करोड ८९ लाख २८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कूल दाबी भुक्तानी २३ करोड १५ लाख ३५ हजार रुपैयाँ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्