मौद्रिक नीति रोकिएको राकियै, अझै कम्तिमा दुई दिन नआउने निश्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीति जारी गर्नसक्ने भने पनि अझै त्यो ‘शुभ मुहुर्त’ जुर्न नसकेको देखिएको छ । राष्ट्र बैंकले आजमात्र होइन कम्तिमा दुई दिनभित्र मौद्रिक नीति जारी हुनसक्ने संभावना नरहेको जनाएको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘आज र भोलि त आउने संभावना देखिएन, पर्सिलाई भन्न सकिन्न ।’
गत सातादेखि नै गभर्नर महाप्रसाद अधिकारीले पत्रकारमाझ आज आइतबारसम्म मौद्रिक नीति जारी गर्ने बताएका थिए । उनले सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउन ढिलाइ हुने भएपछि मौद्रिक नीति जारी गर्न लागेको बताएका थिए ।
व्यवस्थाविका संसदको अर्थ समिति बैठकमा पनि गभर्नर गभर्नर अधिकारीले आइतबारसम्म मौद्रिक नीति जारी गर्ने भनेका थिए । गत बुधबारको उक्त बैठकमा गभर्नरले शुक्रबार वा आइतबारसम्म मौद्रिक नीति जारी गर्ने भनेपछि अर्थ समिले पुनः शुक्रबारका लागि बैठक बोलाएको थियो । उक्त बैठकले १७ बूँदे निर्देशन राष्ट्र बैंकलाई दिएको छ ।
उक्त संसदीय समितिको निर्देशनमा वित्तीय स्थायित्वका मामिलामा थप समस्या सिर्जना गर्नसक्ने बूँदाहरुसमेत समावेश भएको भन्दै आलोचना समेत भएको छ । राष्ट्र बैंकले भने उक्त सुझाव समावेश गर्ने वा नगर्ने बारेमा छलफल गरिसकेको छैन ।
यही बीचमा राष्ट्र बैंकको एक सञ्चालकको भूमिकामा रहने अर्थ सचिवको समेत परिवर्तन भएपछि मौद्रिक नीतिमा अधिक समय लाग्ने भएको हो ।