मेरो माइक्रोफाइनान्सको लाभांश झण्डै ६ करोड बढ्यो, कति आउँदै छ बोनश शेयर ? « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

मेरो माइक्रोफाइनान्सको लाभांश झण्डै ६ करोड बढ्यो, कति आउँदै छ बोनश शेयर ?



काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले २१.०५३ प्रतिशत लाभांकश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कम्पनीले यो स्तरको लाभांश घोषणा गरेको हो । १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीले अहिले मूलतः पूँजी बृद्धिमा नै लाभांश केन्द्रित गरेको छ ।

१८ असोजको साँभ्m बसेको कम्पनीको सञ्चालक समितिले २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए । कम्पनीले गत वर्षको नाफाबाट २१ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ लाभांश वितरण गर्ने छ ।

यसमध्ये २० करोड रुपैयाँ कम्पनीमा पुनर्लगानी हुने छ । अर्थात् २० प्रतिशत बोनश शेयरमार्फत् कम्पनीको चुक्ता पूँजी बढाएर १ अर्ब २० करोड पुर्याइने छ । लाभांश करबापत शेयरधनिका तर्फबाट सरकारलाई राजश्व तिर्न कम्पनीले १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ छुट्याएको छ । यो रकम कुल चुक्ता पूँजीको १.०५३ प्रतिशत हाराहारी हुन्छ ।

कम्पनीले गत वर्षभन्दा ५ करोड ८० लाख रुपैयाँ बढी लाभांश बाँड्न लागेको हो । गत वर्ष १५ करोड २४ लाख ८४ हजार २१० रुपैयाँ लाभांशबापत वितरण गरेको थियो । यसबाट १६.९३ प्रतिशत बोनश शेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्