५ महिनादेखि वैदेशिक लगानी शून्य छ : अध्यक्ष गोल्छा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

५ महिनादेखि वैदेशिक लगानी शून्य छ : अध्यक्ष गोल्छा



काठमाडौँ । गत ५ महिनादेखि वैदेशिक लगानी शून्य रहेको अध्यक्ष गोल्छाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजन गरेको नवउत्थान सम्मेलनमा बोल्दै अध्यक्ष शेखर गोल्छाले ५ महिनादेखि वैदेशिक लगानी शून्य रहेको बताए ।

लगानी बढ्न नसक्दा तरलताको समस्या देखा परेको गोल्छाले बताएका हुन ‘लगानी बढ्न नसक्दा बैङ्कहरूमा तरलताको अभाव भएको छ यसले अर्थतन्त्र थप जटिल अवस्था पुगेको छ’ उनले भने  ।नव उत्थान सम्मेलनमा बोल्दै अध्यक्ष गोल्छाले सरकाले राजश्व उठाएर पनि खर्च गर्न नसकेको बताएका छन् । उनले उद्योग वाणिज्य क्षेत्रलाई माथि उठाउनको लागि १४ ओटा कानुन संशोधन गर्न आवश्यक रहेको सुनाए ।

नेपालले निर्यात भन्दा आयात बढी गर्दा २००४ सालमा ८ अर्ब व्यापार घाटा रहेकोमा हाल १४ अर्ब पुग्ने खतरा रहेको गोल्छाले कार्यक्रममा बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्