विद्युत खपत गरेर व्यापार घाटा घटाउन सकिन्छ, बिक्रि गरेर होइन : अर्थमन्त्री शर्मा

काठमाडौं । बन्द रहेका उद्योगहरु संञ्चालन गर्ने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा आज (बुधबार) नव उत्थान सम्मेलनको कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले भने, ‘व्यावसायीहरुसंग सल्लाह गरेर काम अगाडी बढाउने छौं । नीजिकरण गरेर होइन साझेदारीमा अगाडी बढ्ने तयारी भइरहेको छ ।’
बदलिंदो परिस्थितिमा तिब्र र दिगो आर्थिक वृद्धिको बहसमा बोल्दै मोवाइल, गाडी मोटरसाइकल किन बनाउन सक्दैनौ भनेर प्रति प्रश्न समेत अर्थमन्त्रीले राखेका थिए । विद्युत सहुलियत छ, यी उत्पादन गर्न यही सक्नु पर्छ ।
विद्युत खपत गरेर व्यापार घाटा घटाउन सकिन्छ, बिक्रि गरेर होइन । त्यस्तै, उनले विद्युत् बेच्ने भन्दा पनि खपत प्राथमिकतामा हुनुपर्नेमा जोड दिएका छन् । विद्युत बेचेर फाइदा हुँदैन, विद्युत खपत हाम्रो प्राथमिकता हुनुपर्छ,’ अर्थमन्त्री शर्माले भने । उत्पादनमुखी उद्योगहरुलाई सस्तो दरमा विद्युत उपलब्ध गराउन सके खेर जाने विद्युत व्यवस्थापन गर्न सकिने उनले बताए ।
त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खातामा निक्षेप संकलनदेखि फिर्ता लैजान सकिने व्यवस्थालाई थप मार्केटिङ आवश्यक रहेको उनले बताए । यसले पनि देशमा पुँजी ल्याउन सहयोग पुग्ने बताएका छन् ।