साधना लघुवित्तको नाफा ११५.९१ प्रतिशत बढ्दा ईपीएस पनि बढ्यो « Arthapath.com
१६ माघ २०७८, आईतवार

साधना लघुवित्तको नाफा ११५.९१ प्रतिशत बढ्दा ईपीएस पनि बढ्यो



काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ११५.९१ प्रतिशत बढेर ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ६१.४६ प्रतिशत बढेर १४ करोड ८८ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १०९.४४ प्रतिशत बढेर १० करोड ४१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नाफा ४ करोड ९७ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेर ३२ करोड १२ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ४७.३२ प्रतिशत बढेर १३ करोड ६९ लाख २१ हजार रुपैयाँ, निक्षेप ७.७३ प्रतिशत बढेर १ अर्ब २१ करोड ९१ लाख १५ हजार रुपैयाँ र कर्जा ७.३४ प्रतिशत बढेर ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ रहेको छ । लघुवित्तले ६ महिनामा ३ अर्ब ४९ करोड ९८ लाख ८२ हजार रुपैयाँ लिएको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.५३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा १.२८ प्रतिशत र कस्ट अफ फण्ड ७.९८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्