प्रोगेशिभ फाइनान्सको नाफा १०.९१ प्रतिशत गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडको चालू आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा १०.९१ प्रतिशत घटेर २ करोड ४१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ४५ प्रतिशत बढेर ६ करोड ३६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ३ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।
समिक्षा अवधिमा फाइनान्सको संचालन मुनाफा ८० प्रतिशत बढेर २ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ५० लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ३ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ, जगेडा कोष २६ प्रतिशत बढेर ६ करोड ६५ लाख ६१ हजार रुपैयाँ, निक्षेप २० प्रतिशत बढेर ३ अर्ब ६५ करोड २५ लाख ९८ हजार रुपैयाँ र कर्जा २९.७४ प्रतिशत बढेर ३ अर्ब १९ करोड ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ ११४.०४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.१० गुणा रहेको छ । फाइनान्सको बेस रेट ११.७६ प्रतिशत, सीडी रेसियो ८६.६७ प्रतिशत, कस्ट अफ फण्ड ७.५८ प्रतिशत, खराब कर्जा ३.६४ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रिड २.२६ प्रतिशत रहेको छ ।