इन्फिनिटी लघुवित्तको नाफा २७.३९ प्रतिशत बढेपनि ईपीएस भने घट्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

इन्फिनिटी लघुवित्तको नाफा २७.३९ प्रतिशत बढेपनि ईपीएस भने घट्यो



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २७.३९ प्रतिशत बढेर ८ करोड २७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ६०.७४ प्रतिशत बढेर १७ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २५.१९ प्रतिशत बढेर ११ करोड १३ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ८९ लाख २९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४२.२८ प्रतिशत बढेर ३२ करोड ४६ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १ण्३.५१ प्रतिशत बढेर २८ करोड ४२ लाख ५ हजार रुपैयाँ, निक्षेप ६५.९१ प्रतिशत बढेर १ अर्ब २९ करोड ९८ लाख ८४ हजार रुपैयाँ, कर्जा ३३.५६ प्रतिशत बढेर ४ अर्ब २९ करोड ८५ लाख ७३ हजार रुपैयाँ र सापटि रकम ३२.२८ प्रतिशत बढेर २ अर्ब ५४ करोड २३ लाख २३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा घटेर ५० रुपैयाँ ९८ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्तिशेयर आम्दानी ५६ रुपैयाँ ९५ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ । लघुवित्तको खराव कर्जा ३.९२ प्रतिशत र कस्ट अफ फण्ड १० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्