१० महिनामा रेमिट्यान्स ०.२ प्रतिशत बढेर ८ खर्ब ११ अर्ब रुपैयाँ भित्रियो « Arthapath.com
२२ असार २०८२, आईतबार

१० महिनामा रेमिट्यान्स ०.२ प्रतिशत बढेर ८ खर्ब ११ अर्ब रुपैयाँ भित्रियो



काठमाडौं । चालू आव ०७८–७९ को १० महिनामा ०.२ प्रतिशत बढेर ८ खर्ब ११ अर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको बैशाख महिनासम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १९.२ प्रतिशत रेमिट्यान्स बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्