मेगा बैंकसंग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले कति देला त लाभांश ? यस्तो छ १५ वर्षे इतिहाँस

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्राप्ति गर्न समझादारी गरेको छ । यी दुवै बैंकलाई मर्जरमा जानका राष्ट्र बैंकले गत असार २२ गते सैद्धान्तिक सहमति पनि प्रदान गरेको सकेको छ ।
यति बेला यी दुवै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएको छ । गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका यी दुवै बैंकले डीडीए रिर्पोट तयार गरिसकेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।
यति बेला डीडीए सकाएर कर्मचारी मिलान, शाखा कार्यालय मिलान लगायतका कार्य अघि बढेको बैंकले जनाएको छ । अहिले आन्तरिक सबै प्रक्रिया मिलाएर हामी पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी रहेको छ ।
तर, लगानीकर्ताहरुको ध्यान भने नेपाल इन्भेष्टमेन्ट बैंकले दिने लाभांश तर्फ केन्द्रित भएको छ । यस वर्षका लागि लाभांश सिजन सुरु भएको छ । लगानीकर्ताबीचको बैंकले कति लाभांश दिन सक्छ भन्ने चासो पनि बढेको छ ।
यसै सन्दर्भलाई लिएर हामीले नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई दिनसक्ने लाभांश क्षमता र विगतमा प्रदान गर्दै आएको लाभांश इतिहाँसको बारेमा जानकारी गराएका छौं ।
गत आवाको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ११.१३ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । गत आवमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैैंकका चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले ११.१३ प्रतिशत लाभांश दिन सक्नेछ ।
बैंकको लाभांश इतिहाँस हेर्ने हो भने सबैभन्दा बढी लाभांश आर्थिक वर्ष २०६४/६५ मा वितरण गरेको छ । उक्त आवमा बैंकले आफ्ना लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरि कुल ४०.८३ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले तीन आर्थिक वर्षमा सेयरधनीहरुलाई ४०/४० प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले आव २०७०/७१, २०७३/७४ र २०७४/७५ मा ४०/४० प्रतिशत लाभांश दिएको छ ।
अघिल्लो आव २०७७/७८ मा बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हेर्नुहोस्, बैंकले कुन वर्ष कति लाभांश बाड्यो ?
