एक आपसमा गाभिन लागेका साना किसान र आरएमडीसी लघुवित्तको वित्तीय सूचकलाई दाँजेर हेर्दा ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
यी दुवै कम्पनी मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा हस्ताक्षर गरेका छन् । मर्जरका लागि स्वाप रेसियो १००ः८७ कायम हुनेछ । यो भनेको आरएमडीसी लघुवित्तको १०० कित्ता हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर पाउनेछन् ।
मर्जपछि साना किसान लघुवित्तको नामबाट एकीकृत कारोबार हुने सहमति भएको समझदारी पत्रमा उल्लेख गरिएको छ ।मर्जरपछि कम्पनीको पूँजी कोष ७ अर्ब बढी हुनेछ । कम्पनीको लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।
मर्जरपछि हुने कम्पनी सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।
दुबै कम्पनीका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने छन् । आज हामीले मर्जर सम्झौता गरेका यी दुवै कम्पनीहरुको वित्तीय सूचकहरु कस्ता छन् भनि जानकारी गराएका छौं ।
चुक्ता पुँजी
साना किसान विकास लघुवित्तको १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको छ । आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि भने २ अर्ब ८० करोड पुग्नेछ ।
कुल सम्पत्ति
साना किसानको कुलन सम्पत्ति ३० अर्ब ७६ करोड र आरएमडीसीको १२ अर्ब ४६ करोड छ । मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुनेछ ।
ऋण लगानी
साना किसानको ऋण लगानी ३० अर्ब २ करोड र आरएमडीसीको ११ अर्ब ८४ करोड ऋण लगानीमा रहेकोमा अब ४१ अर्ब ८६ हुनेछ ।
कुल पुँजी
साना किसानको कुल पुँजी ४ अर्ब १६ करोड रुपैयाँ र आरएमडीसीको ३ अर्ब ३३ करोड कुल पुँजी रहेको छ । मर्जपछि ७ अर्ब ५० करोेड रुपैयाँ पुग्नेछ ।
जगेडा कोष
जगेडा कोषमा पनि साना किसान विकास नै अगाडि देखिएको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको भने आरएमडीसीको जगेडा तथा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ ।
खुद नाफा
गत आर्थिक वर्षको चौंथो त्रैमासिकको वित्तीय विवरण अनुसार आरएमडीसीले ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । साना किसान विकासले भने गत आवमा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
खुद ब्याज आम्दानी
गत आवमो चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार साना किसानको खुद ब्याज आम्दानी १ अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ रहेको छ भने आरएमडीसी लघुवित्तको ६० करोड ५३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
संचालन आम्दानी
गत आवमा आरएमडीसीको संचालन मुनाफा ६३ करोड २४ लाख ९८ हजार रुपैयाँ र साना किसानको यो आम्दानी १ अर्ब २९ करोड १७ लाख १४ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानी पनि साना किसान लघुवित्तको बढी रहेको छ । साना किसानमो प्रतिसेयर आम्दानी ४५ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै, आरएमडीसी लघुवित्तको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६० पैसा रहेको छ ।
प्रतिसेयर नेटवर्थ
प्रतिसेयर नेटवर्थमा आरएमडीसी लघुवित्त अगाडि रहेको छ । कम्पनीको प्रतिसेयर नेवटर्थ २६८ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, साना किसान विकास लघुवित्तको प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।
मूल्य आम्दानी अनुपात
आरएमडीसीको मूल्य आम्दानी अनुपात २९.३० गुणा र साना किसानको २३.५२ गुणा रहेको छ ।