कुमारी बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको हो ।
गत आवको मुनाफबाट बैंकले आफना सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
