दशैं बिदामा पनि बैंकिङ्ग सेवा : कुन बैंकको कुन शाखा खुला रहने ? (समय तालिका सहित) « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

दशैं बिदामा पनि बैंकिङ्ग सेवा : कुन बैंकको कुन शाखा खुला रहने ? (समय तालिका सहित)



शुलोचना सापकोटा

काठमाडौं । बैंकहरुले दशैं बिदामा खुला हुने शाखा तथा काउन्टरहरुको समय तालिका धमाधम प्रकाशित गरेका छन् । दशैं बिदामा वाणिज्य बैंकहरु विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएका छन् ।

बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुला गर्ने भएका हुन् । बैंकहरुले देशका सातै वटा प्रदेशमा छुट्टा छुट्टै शाखा तथा काउन्टर संचालन गरि फरक फरक समयमा सेवा दिने भएका हुन् ।

कुनको बैंकको समय तालिका कस्तो ?

एनएमबि बैंक

एनएमबि बैंकले पनि दशैंमा बिदामा विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले देशभरका विभिन्न शाखाहरु खुला गरि सेवा दिने भएको हो । असोज १५ गते शनिबारदेखि असोज २२ गतेसम्म सातै वटा प्रदेशका सिमित शाखा बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।


प्रभु बैंक

प्रभु बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाबाट दशैंमा सेवा दिने भएको छ । बैंकले दशैंमा देशका विभिन्न शाखा तथा काउन्टर मार्फत छुट्टा छुट्टै मितिमा बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको हो । खुला भएको काउन्टरबाट निक्षेप जम्मा गर्न सकिने, चेक भुक्तानी (दैनिक १ लाख), रेमिट्यान्स (बढीमा ५० हजार) लगायतका सेवा प्रदान गर्नेछ ।


सानिमा बैंक

सानिमा बैंकले पनि दैशैं बिदामा विभिन्न काउन्टर खुला रहने जनाएको छ । दशैं बिदामा देशभरका विभिन्न शाखा मार्फत बिहान ११ बजेदेखि २ बजेसम्म सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका भित्रका र बाहिरका तल उल्लेखित शाखा मार्फत सेवा दिने भएको हो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले दशैं बिदाको बेलामा पनि देशभरका विभिन्न शाखा मार्फत सेवा उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौं उपत्यका भित्रका ५ वटा शाखा र देशका अन्य काउन्टरबाट सेवा प्रदान गर्ने भएको हो ।

सनराइज बैंक

सनराइज बैंकले पनि दशैं बिदाका बेला देशका विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा दिने भएको छ । बैंकले असोज १६ गतेदेखि २१ गतेसम्म काउन्टर खुला गरि सेवा उपलब्ध गराउने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले दशैं बिदामा काठमाडौं उपत्यका सहित देशका विभिन्न शाखा मार्फत सेवा दिने भएको छ । बैंकले छुट्टाछुट्टै मिति र समयमा सेवा दिने भएको हो । अन्य विस्तृतका लागि सूचना हेर्नुहोस् !


एनसीसी बैंक

एनसीसी बैंकले दशैं बिदामा देशका विभिन्न शाखा मार्फत सेवा उपलब्ध गराउने भएको छ । बैंकले असोज १६ गतेदेखि २१ गतेसम्म विभिन्न शाखा खुला गरि सेवा दिने भएको हो ।


सिभिल बैंक

सिभिल बैंकले दशैं बिदामा काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले सातै वटा प्रदेशका छुट्टाछुट्टै शाखा खुला गरि सेवा प्रदान गर्ने भएको हो ।


सिटिजन्स बैंक

सिटिजन्स बैंकले दशैं बिदामा काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले सातै वटा प्रदेशका छुट्टाछुट्टै शाखा खुला गरि सेवा प्रदान गर्ने भएको हो ।

हिमालयन बैंक

हिमालयन बैंकले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो ।


लक्ष्मी बैंक

लक्ष्मी बैंकले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो ।


मेगा बैंक

मेगा बैंकले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने भएको हो ।


कुमारी बैंक

कुमारी बैंकले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । यी हुन् दशैं बिदा खुल्ने कुमारी बैंकका शाखाहरु


नबिल बैंक

नबिल बैंकले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो । कुनै शाखा तथा काउन्टरमा भने फरक समय निर्धारण गरेको छ ।


बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले दशैं बिदामा विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो । कुनै शाखा तथा काउन्टरमा भने फरक समय निर्धारण गरेको छ ।


स्टान्डर्ड चार्टर्ड

स्टान्डर्ड चार्टर्ड बैंकले दशैं बिदामा खुल्ने विभिन्न शाखाको समय तालिका सार्वजनिक गरेको छ । बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न शाखा खुला राख्ने भएको छ । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो । कुनै शाखा तथा काउन्टरमा भने फरक समय निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्