मर्जरमा जान कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति, एकीकृत कारोबार कहिले ? « Arthapath.com
१६ आश्विन २०७९, आईतवार

मर्जरमा जान कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति, एकीकृत कारोबार कहिले ?



काठमाडौं । राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ ।

यी दुवै बैंकले एक आपसमा जानका लागि असोज ११ गते सहमति पत्रमा हस्ताक्षर गरेका थिए । शुक्रबार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो ।

दुवै बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका छन् । दुवै बैंकले स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएका हुन् ।

मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।

कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्