डिप्रोक्स र आदर्श लघुवित्त मर्जरमा जाने, कुनको वित्तीय सूचक कस्तो ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् ।
एक आपसमा गाभिनका लागि यी दुवै कम्पनीले मर्जर सम्वन्धी समझादरी पत्रमा हस्ताक्षर गरेका छन् । डिप्रोक्स लघुवित्तले आर्दश लघुवित्तलाई प्राप्ति गर्नका लागि असोज १४ गते समझादारी पत्रमा हस्ताक्षार गरेको हो ।
डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समय नेपाल धितोपत्र बोर्डले जारी गरेको संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ सम्बन्धि प्रारम्भिक मस्यौदामा मर्जर तथा प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यसका आधारमा आगामी चैत १४ गतेभित्र प्राप्ति प्रक्रिया सकाउनुपर्नेछ ।
गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार कुनको सुचक कस्तो छ ?
चुक्ता पुँजी
डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । आदर्श लघुवित्तको हजार रुपैयाँ रहेको छ । आदर्श लघुवित्तको २ करो ७ लाख रुपैयाँ रहेको छ ।
खुद नाफा
डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षमा ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आदर्श लघुवित्तले भने गत आवको चौंथो त्रैमाससम्ममा ६८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ ।
जगेडा तथा कोष
डिप्रोक्स लघुवित्तको जगेडा कोषमा ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ र आदर्श लघुवित्तको हजार रुपैयाँ रहेको छ । आदर्श लघुवित्तको जगेडा कोषमा १ करोड १२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी
डिप्रोक्स लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको भने आदर्श लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ७५ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
खुद संचालन आम्दानी
डिप्रोक्स लघुवित्तको खुद संचालन आम्दानी १ अर्ब ६० करोड ९५ लाख ८६ हजार रुपैयाँ रहेको छ । आदर्श लघुवित्तको भने ३ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको छ ।
संचालन मुनाफा
गत आवको वित्तीय रिर्पोट अनुसार डिप्रोक्स लघुवित्तको संचालन मुनाफा ८१ करोड ९९ लाख ३८ हजार रुपैयाँ रहेको छ । यत, आर्दश लघुवित्तको भने ८ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी
डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३७ पैसा रहेको छ । आदर्श लघुवत्तिको ३३ रुपैयाँ २९ पैसा रहेको छ ।
मुख्य आम्दानी अनुपात
डिप्रोक्स लघुवित्तको मुख्य आम्दानी अनुपात २२.७२ गुणा र आदर्श लघुवित्तको गुणा रहेको छ भने आदर्श लघुवित्तको उल्लेख छैन ।
प्रतिसेयर नेटवर्थ
डिप्रोक्स लघुवित्तको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६६ पैैसा र आदर्श लघुवित्तको १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।