समीटमा १०० कित्ता हुनेले नेशनल माइक्रोफाइन्सको ८२ कित्ता सेयर पाउने, कुन सूचकमा को अगाडि ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । यी दुवै कम्पनी बीच मर्जरको सहमति भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि मर्जर सम्झौता गरिएको हो ।
सहमति पत्रमा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्तका अध्यक्ष तीर्थराज ढकालले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार मर्जर स्वाप रेसियो अनुपात १००ः८२ कायम भएको छ । यो भनेको समीट लघुवित्तका सेयरधनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तको ८२ कित्ता सेयर पाउनेछन् ।
मर्जरपश्चात कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने छ । कम्पनीको संचालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।
मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब बढी हुनेछ । लगानीमा रहेको कर्जा रकम १७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ । ग्राहक सदस्य संख्या २ लाख भन्दा बढी हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ चौंथो त्रैमासिक वित्तीय विवरणको आधारमा नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको वित्तीय सूचकलाई दाँजेर हेर्दा
चुक्ता पुँजी
नेशनल माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । समिट लघुवित्तको भने ४९ करोड ४० लाख रुपैयाँ रहेको छ ।
जगेडा कोष
नेशनल माइक्रोफाइनान्स लघुवित्तको जगेडा कोष ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ र समीट लघुवित्तको २५ करोड ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
खुद नाफा
नेशनल फाइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, समीट लघुवित्तको खुद नाफा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी
नेशनल माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ८० करोड ३ लाख ८० हजार र समीटको ३४ लाख ८० हजार २७ हजार रुपैयाँ रहेको छ ।
कुल संचालन आम्दानी
नेशनल माइक्रोफाइनान्सको कुल संचालन आम्दानी ९९ करोड ५५ लाख १९ हजार र समीटको ४९ करोड ५७ लाख ५ हजार रुपैयाँ रहेको छ ।
संचालन नाफा
नेशनल माइक्रोफाइनान्सको संचालन नाफा ६३ करोड ७३ लाख १ हजार र समीट लघुवित्तको २३ करोड ६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी
नेशनल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ६८ रुपैयाँ ४४ पैसा र समीट लघुवित्तको २९ रुपैयाँ ४२ पैसा रहेको छ ।
प्रतिसेयर नेटवर्थ
नेशनल माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा र समीटको १५१ पैसा २७ पैसा रहेको छ ।
मूल्य आम्दानी अनुपात
नेशनल माइक्रोफाइनान्सको मूल्य आम्दानी आम्दानी २८.२७ गुणा र समीट लघुवित्तको २९.२७ गुणा रहेको छ ।