बोनस सेयरमा बढी जोड दिएको ग्लोबल आइएमई बैंकको लाभांश इतिहाँस, कुन वर्ष कति बाँड्यो ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते आइतबार बसेको सचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले गत आर्थिक वर्षको २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधरनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित परेपछि वितरण हुनेछ ।
बैंकको १५ वर्षे लाभांश इतिहाँसलाई हेर्ने हो भने नगदमा भन्दा बोनसमा धेरै जोडदिएको दिएको छ ।
बैंकले आर्थिक वर्ष २०६३/६४ देखि आव २०६५/६६ सम्म कुनै पनि लाभांश वितरण गरेको छैन । आव २०६६/६७ मा भने बैंकले ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।
बैंकले हालसम्म सबैभन्दा बढी लाभांश आव २०७५/७६ मा वितरण गरेको छ । उक्त आवमा बैंकले आफ्ना सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो ।
यस्तै, आव २०७०/७१ पनि बैंकले २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश बाँडेको थियो । आव २०७१÷७२ मा भने २३ प्रतिशत बोनस सेयर मात्रै दिएको छ ।
बैंकले आव २०७३/७४ मा १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश दिएको छ । आव २०७४/७५ मा १६ प्रतिशत बोनस मात्रै, आव २०७६/७७ मा १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
बैंकले आव २०६९/७० मा भने १५ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको छ । आव २०६८/६९ मा ३ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
बैंकले अघिल्लो आव २०७७/७८ मा भने आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरि कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
