धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै फाइनान्स कम्पनी, कुनको नाफा कति ? (विवरणसहित) « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै फाइनान्स कम्पनी, कुनको नाफा कति ? (विवरणसहित)



काठमाडौं । फाइनान्स कम्पनीहरुले धमाधम वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । हालसम्म ९ वटा फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सोमबारसम्म बेष्ट फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ, गोर्खाज, श्रीइन्भेष्टमेन्ट, सेन्ट्रल नेपाल, मञ्जुश्री र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले चालु आवको असोज मसान्तसम्मको वित्तीय रिर्पोट प्रकाशित गरेका हुन् ।

यी कम्पनीहरुले चालु आवको तीन महिनामा १६ करोड ६ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ५६.८९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड २८ लाख १० हजार रुपैयाँ नाफा गरेका थिए ।

वित्तीय विवरण अनुसार चार कम्पनीले मात्रै नाफा बढाएका छन् भने आधा दर्जन कम्पनीको नाफामा गिरावट आएको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा पोखरा फाइनान्सले वृद्धि गरेको छ । कम्पनीले गत वर्षको असोज मसान्तसम्ममा १२ लाख ९७ हजार कमाएकोमा यस वर्षको सोही अवधिमा भने २६१.६० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, मञ्जुश्री फाइनान्सको नाफा पनि १५१.४२ प्रतिशतले बढेर ७ करोड ११ लाख ३७ हजार र नेपाल फाइनान्सको नाफा १३२.०९ प्रतिशतले वृद्धि भई ८१ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यता, गोर्खाज फाइनान्सको नाफा पनि शतप्रतिशत वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा १०१.०५ प्रतिशतले बढी हो ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै नाफा बेष्ट फाइनान्सको घटेको छ । कम्पनीको नाफा ९५.१० प्रतिशतले घटेर ५९ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चालु आवको तीन महिनामा श्रीइन्भेष्टमेन्टको नाफा ८९.६७ प्रतिशतले घटेर २८ लाख ७२ हजार, गुहेश्वरी मर्चेन्ट बैंकको ८५.५७ प्रतिशतले घटेर २२ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरि चालु आवको असोज मसान्तसम्ममा प्रोग्रेसिभ फाइनान्सको ३१.९० प्रतिशत र सेन्ट्रल फाइनान्सको ३१.३७ प्रतिशतले गिरावट आएको छ ।

कुनको नाफा कति ?


प्रतिक्रिया दिनुहोस्