गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
