पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
