समान हैसियतमा गाभिदै लक्ष्मी र सनराइज बैंक, सनराइजले बनायो मर्जर कमिटी « Arthapath.com
२४ असार २०८२, मंगलबार

समान हैसियतमा गाभिदै लक्ष्मी र सनराइज बैंक, सनराइजले बनायो मर्जर कमिटी



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंक एक आपसमा मर्जरमा जानकाका लागि कसरत सुरु भएको छ ।

यी दुवै बैंक एक आपसमा मर्जरमा जानका लागि मर्जर कमिटि समेत बनेको छ । सनराइज बैंकको सञ्चाक शारदा शर्माको संयोजकत्वमा मर्जर कमिटी बनेको बताइएको छ । कमिटीको सदस्यमा भने दिपक नेपाल छन् ।

बिहीबार बसेको संचालक समितिको बैठकले अध्यक्ष मोतीलाल दुगडलाई लक्ष्मी बैंकसंग मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्न अधिकार प्रदान गरेको छ । सो बैठकले नै मर्जरका लागि आवश्यक सबै कार्य गर्न अध्यक्ष र मर्जर कमिटिलाई दिईएको बैंक स्रोतले बतायो । दुई बैंकबीच मर्जरमा जानका लागि समझादरी पत्रमा अब केही दिनमै हस्क्षार हुने र नेपाल राष्ट्र बैंकलाई बुझाउने तयारी भएको स्रोत जानकारी दियो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई मर्जरमा जानका लागि ताकेता गर्दै आएको थियो । राष्ट्र बैंकको दवावपछि लक्ष्मी बैंक र सनराइज बैंक १ः१ अर्थात एक बराबर एकको अनुपतामा मर्ज हुन लागेका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

यी दुवै बैंक मर्जभएपछिको सांगठनिक संचरना लगायतका विषयमा भने टुंगो लगाउन बाँकी नै छ । दुवै बैंकको छलफलमा मर्जपछि बन्ने बैंकको अध्यक्ष, नाम, संचालनक लगायतको विषयमा टुंगो लगाउन बाँकी रहेको स्रोत भनाई छ । यद्यपि, मर्जपछि लक्ष्मी बैंकले अध्यक्ष पाउने, प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने जिम्मेवारी भने सम्वन्धित बैंकका सीईओलाई दिइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्