लक्ष्मी र सनराइज बैंकबीच सोमबार मर्जर सम्झौता हुँदै, को बन्ला सीईओ ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

लक्ष्मी र सनराइज बैंकबीच सोमबार मर्जर सम्झौता हुँदै, को बन्ला सीईओ ?



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । मर्जरमा जानका लागि भोलि अर्थात पुस २५ गते सोमबार दुवै बैंकबीच समझदारी पत्रमा हस्ताक्षर हँदैछ ।

लक्ष्मी र सनराइज समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । मर्जपछि लक्ष्मी बैंकले अध्यक्ष पाउने भएको छ । मर्जर पश्चात् बैंकको अध्यक्षमा लक्ष्मी बैंकका रमण नेपाल बन्नेछन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने जिम्मेवारी भने सम्वन्धित बैंकका सीईओलाई दिइएको बताइएको छ । यी दुवै बैंक मर्जभएपछिको सांगठनिक संचरना लगायतका विषयमा भने टुंगो लगाउन बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्