समिट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१६ फाल्गुन २०७९, मंगलवार

समिट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३.५६२७५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१३८२९ प्रतिशत नगद गरि कुल १४.२७ प्रतिशत लाभांश दिने भएको हो ।

सो प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्