गणेश अवस्थी बने नबिल बैंकको डिजीएम « Arthapath.com
१७ असार २०८२, मंगलबार

गणेश अवस्थी बने नबिल बैंकको डिजीएम



काठमाडौं । गणेश प्रसाद अवस्थी नबिल बैंकको डेपुटी जरल म्यानेजर (डिजीएम) बनेका छन् । अवस्थी बैंकका डिजीएममा बढुवा भएका हुन् ।

उनी सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम गरेका अवस्थीले सन् २००८ बाट ग्लोबल आइएमई बैंक आएका थिए ।

अवस्थीले १२ वर्ष ग्लोबल आइएमई बैंकमा पनि काम गरेको अनुभव छ । दुई दशक बैंकिङ अनुभव भएका अवस्थी अपरेशन, कर्पोरेट क्रेडिट र ब्रान्च म्यानेजमेन्टमा अब्बल मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्