साढे २२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार « Arthapath.com
२७ चैत्र २०७९, सोमबार

साढे २२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार अर्थात चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख २६ गते, असार २६ गते, असोज २३ गते र चैत २७ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।


प्रतिक्रिया दिनुहोस्